बेलिङह्याम चम्किँदा रियलले नापोलीलाई हरायो
नापोली । इंग्लिस मिडफिल्डर जुड बेलिङह्यामले एक गोल गर्नुका साथै अर्को गोलको अवसर सिर्जना गर्दा रियल मड्रिडले इटालियन क्लब नापोलीलाई उसैको घरेलु मैदानमा हराएको छ । च्याम्पियन्स लिगको समूह सी अन्तरगतको खेलमा रियल ३–२ गोलले विजयी भएको हो ।
खेलको १९ औँ मिनेटमा लियो ओस्टिगार्डले गोल गर्दै नापोलीलाई अग्रता दिलाएका थिए । तर २७ औँ मिनेटमा बेलिङह्यामको पासमा गोल गर्दै भिनिसियस जुनियरले खेल बराबरी गरे । ३४ औँ मिनेटमा बेलिङह्यामले रियललाई खेलमा अग्रता दिलाए ।
दोस्रो हाफको सुरुवातमा नै पिटोर जेलेस्कीले पेनाल्टीबाट गोल गर्दै नापोलीलाई खेलमा फर्काए । खेल सकिन १० मिनेट बाँकी छँदा फेडेरिको भालभर्डेको प्रहार पोस्टमा रिबाउन्ड हुँदै गोलकिपर एलेक्स मेरेटलाई लागेर गोल भएपछि रियलले खेल आफ्नो पक्षमा पारेको थियो ।
योसँगै नापोलीको प्रतियोगितामा आफ्नो घरेलु मैदानमा १४ खेलको अपराजित यात्रामा पूर्णविराम लागेको छ । समूह कै अर्को खेलमा स्पोर्टिङ ब्रागाले युनियन बर्लिनलाई ३–२ गोलले हरायो ।
यो समूहमा रियल ६ अङ्कसहित शीर्ष स्थानमा रहेको छ । नापोली र स्पोर्टिङ ब्रगाको समान ३ अङ्क रहे पनि हेड टू हेडको आधारमा नापोली दोस्रो स्थानमा छ । युनियन बर्लिन अङ्कविहीन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्डियन प्रिमियर लिगको मेगा अक्सनपछि एकाएक करोडपति बने १३ वर्षीय वैभव
-
के हो ‘चाइना–कार्ड’ ?
-
चिसो बढेसँगै कालीगण्डकीमा जलयात्रा बन्द
-
‘सामाजिक सुरक्षा कोषमा आबद्ध हुँदा योगदानकर्ता र रोजगारदाता दुवैलाई नोक्सान छैन’
-
‘हामी भारत कि चीन भनेर लडिरहेका छौँ’
-
घाइते भएका कारण नेपाल प्रिमियर लिगबाट बाहिरिए दक्षिण अफ्रिकी बलर डे लान्ज