माओवादी र जसपाको तीन महिने अभियानको ‘मोडेल’ एउटै !
काठमाडौँ । गौर घटनालाई लिएर माओवादी केन्द्र र जनता समाजवादी पार्टीबीच सम्बन्ध बिग्रे पनि दुवै पार्टीले एउटै मोडेलमा अभियान चलाइरहेका छन् ।
जनजनमा माओवादी, घरघरमा माओवादी भनी नारा दिएर माओवादीले जनतासँग माओवादीः विशेष रुपान्तरण तीन महिने अभियान सुरु गरेको छ । माओवादीले केन्द्रीय समितिका नेताहरुलाई प्रदेश, जिल्ला, स्थानीय निकायदेखि वडा तहबाटै अभियानका लागि खटाइएको छ ।
हरेक नेतालाई अन्तर भूगोलमा खटाइएको छ । जसको जुन प्रदेश, जिल्ला, स्थानीय तह छन्, त्यसलाई त्यहाँ नखटाएर फरक फरक भूगोलको जिम्मेवारी दिएर पठाइएको छ ।
यसै गरी, जनता समाजवादी पार्टीले पनि नयाँ विधान ल्याई सकेपछि त्यसलाई कार्यान्वयनका लागि तीन महिने अभियान सुरु गरेको छ । उसले पनि ‘मनमनमा जसपा, घरघरमा जसपा’ भनी मूल नारा दिएर तीन महिने अभियान सञ्चालन गरेको छ ।
जसपाले कुनै पनि नेतालाई उसको आफ्नो प्रदेश, जिल्ला तथा स्थानीय तहको जिम्मेवारी नदिई सबै नेतालाई फरक फरक भूगोलको जिम्मेवारी दिएर पठाएको छ ।
पार्टीका केन्द्रीय नेताहरुलाई स्थानीय तहदेखि जिल्ला र प्रदेशसम्म खटाइएको छ ।
जसपाले आफ्ना नयाँ विधानअनुसार पार्टी सुदृढीकरणका लागि यो अभियान चलाएको पार्टीका प्रवक्ता मनिष सुमनले बताए । उनले भने, ‘नयाँ विधानअनुसार प्रदेश, जिल्ला, स्थानीय तहको समिति पुनर्गठन गर्ने र जहाँ समिति छैन, त्यहाँ समिति बनाउने भनी अभियान नै सञ्चालन गरेको छ । तीन महिनाभित्र सबै समिति पुनर्गठन तथा समिति नभएको ठाउँमा नयाँ समिति बनाउने काम सक्नुपर्छ ।’
पार्टी प्रचार विभागका प्रमुख पूर्ण वस्नेतले माओवादी केन्द्रले जसपाभन्दा पछि अभियान सुरु गरेको बताए । भदौ १ गते पार्टीले निर्णय गरेको थियो, भदौ ४ गते सर्कुलर पठाएर सबैलाई अभियान सञ्चालन गर्न निर्देशन दिएको थियो । सोही निर्देशनअनुसार अभियान सुरु भएको उनले दाबी गरे ।
यद्यपि, माओवादी जस्तो एकैपटक देशभर एकैदिन अभियानको उद्घाटन जसपाले गरेको होइन । पार्टीको सर्कुलर जारी गरेपछि प्रदेश, जिल्ला तथा स्थानीय तहले आआफ्नो अनुकूल अभियान सञ्चालन गरेको हो तर सबैको समय तीन महिना मात्र रहेको छ ।
माओवादीले भदौ १६ गते विधिवत उद्घाटन गरेर अभियान सुरु गरेको हो । माओवादीको अभियान मंसिर १६ गतेसम्म चल्नेछ भने जसपाको अभियान कात्तिक मसान्तसम्म मात्र चल्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : पाथीभरा क्षेत्रमा सरकारले दमन गरेको भन्दै आन्दोलनको घोषणादेखि समय आएपछि बोल्ने रविको उद्घोषसम्म
-
सोनाम ल्होछारको तयारी पुरा
-
इसेवा नेपालको सेवा अवरुद्ध
-
वर्णवास म्युजियम होटलले अङ्कित मूल्यमा आईपीओ ल्याउँदै, होटलका यस्ता छन् विशेषता
-
निजी मेडिकल कलेजका आवासीय चिकित्सकले निर्वाह भत्ता पाउने
-
अखिल क्रान्तिकारीमा देखिएन प्रजातान्त्रिक संस्कार, निर्वाचन समिति अनिर्णीत