एमसीसीका सीईओ अलब्राइट र अर्थमन्त्रीबीच भेटवार्ता, आयोजना समयमै सक्नुपर्नेमा जोड

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महत र एमसीसीका प्रमुख कार्यकारी अधिकृत एलिस अलब्राइटको नेतृत्वमा आएको प्रतिनिधिमण्डल बीच शिष्टाचार भेटघाट भएको छ । नेपालमा सञ्चालित एमसीसी परियोजनामा समस्या आएपछि प्रमुख कार्यकारी अधिकृत र अर्थमन्त्री डा। महतबीच भेटवार्ता भएको हो ।
भेटमा आयोजनाको सफलता अनिवार्य रहेको र निर्धारित समयसीमा र बजेट सीमा अनुसार काम हुन आवश्यक रहेकोमा दुवै पक्ष सहमत देखिएका छन् । यसो हुन सकेमा नेपालमा आयोजना व्यवस्थापनको सफल उदाहरण प्रस्तुत हुन सक्ने विषय छलफलमा उठेको थियो । भेटवार्तामा अर्थमन्त्रीले कार्यान्वयनमा देखिएका समस्यालाई यथाशीघ्र समाधान गरी अगाडि बढ्न एमसीए नेपाललाई निर्देशन समेत दिए ।
त्यसैगरी प्रमुख कार्याकारी अधिकृत एलिस अल्ब्राइटले नेपालमा एमसीसी आयोजनाको कार्यान्वयन प्रारम्भ भएको अवसरलाई स्मरणीय बनाउन र कार्यान्वयनमा देखिएका समस्याको नजिकबाट जानकारी लिन नेपाल आएको र यसलाई सफल बनाउन एमसीसी कटिबद्ध रहेको विचार व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय नेताहरू केसी त्यागी र सुधीन्द्र भदोरिया नेपालमा
-
सरकारलाई थप दबाब दिन आजदेखि शैक्षिक हडताल
-
चैत्र नवरात्र : दसैँ, छठ र रामनवमीको सँगालो
-
ट्रम्प ट्यारिफका कारण भारतीय लगानीकर्ताले गुमाए केहीबेरमै २०० खर्ब भारु
-
रवि लामिछाने भैरहवा कारागार चलान
-
भृकुटीमण्डप नपाएपछि राप्रपाले बल्खुमा विरोध प्रदर्शन गर्ने