समाजवादी जागरण अभियान : तीन दिनमा १३ सभा
![समाजवादी जागरण अभियान : तीन दिनमा १३ सभा](https://npcdn.ratopati.com/media/news/384532637_1015483373037282_7520600253951180527_n_sSeGy01XCF.jpg)
काठमाडौँ । नेकपा एकीकृत समाजवादीको जागरण अभियान अन्तरगत तीन दिनमा साना ठुला गरी १३ वटा सभा भएका छन् । सो पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले झापाबाट सुरु भएको अभियान अन्तरगत तीन दिनमा साना ठुला गरी १३ वटा सभाहरू सम्पन्न भएको जानकारी दिए ।
उनका अनुसार मंगलबार सिराहा सदरमुकाममा १५० भन्दा बढी पार्टी प्रवेश गरेका छन् ।
आजै सप्तरीको छिन्नमस्ता, सप्तरीको चन्ही, सिराहाको भगवानपुर र सिराहाको सिराहामा भव्य कार्यक्रम सम्पन्न भएको उनको भनाइ छ । यस्तै आज धनुषाको जदुकाहामा कार्यक्रम सम्पन्न गरी जनकपुर बास बसिने उनको भनाइ छ ।
उनका अनुसार आज मात्र सिरहासहित विभिन्न स्थानमा भएको कार्यक्रममा ६५० भन्दा बढी विभिन्न पार्टीबाट र स्वतन्त्र नागरिकहरू एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । यस्तै अघिल्ला २ दिनमा पनि ५०० भन्दा बढी पार्टी प्रवेश गरेका थिए ।
असोज १४ मा अध्यक्ष माधव नेपालले काँकडभिट्टाबाट शुभारम्भ गरेको अभियान अन्तरगत झापा, मोरङ ,सुनसरी ,सप्तरी र सिराहामा कार्यक्रम सम्पन्न भइसकेको छ । १५ दिने अभियान कञ्चनपुरमा पुगेर सम्पन्न हुने सो पार्टीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली कामदारलाई लक्षित गरी मलेसियामा बीमा सम्बन्धी अन्तरक्रिया
-
‘सङ्क्रमणकालीन न्याय निरूपणका बाँकी काम शीर्ष तीन नेताको सहमतिबिना अगाडि बढ्न सक्दैन’
-
एसके इनर्जीले सेयर निष्कासन गर्दै, निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त
-
आवश्यक कानुन बनाउन नसक्दा द्वन्द्वपीडितले न्याय पाउन सकेनन् : दुवाडे
-
एभरेस्ट बैंकद्वारा बझाङमा शाखा विस्तार
-
कागजात नभएका १६ वटा मोटरसाइकल भन्सारमा बुझाइयो