‘नो विन्टर होलिडेज’लाई अजरबैजानमा अवार्ड
मङ्गलबार, १६ असोज २०८०, १६ : ४६

काठमाडौँ । राजन कठेत र सुनिर पाण्डे निर्देशित फिचर डकुमेन्ट्री ‘नो विन्टर होलिडेज’ले अजरबैजानमा स्पेसल मेन्सन अवार्ड प्राप्त गरेको छ । डकुमेन्ट्रीले डोकुबाकु इन्टरनेसनल डकुमेन्ट्री फिल्म फेस्टिभलमा स्पेसल मेन्सन अवार्ड जितेको हो ।
रातिमा र कालिमा नामका दुई महिलाको कथा प्रस्तुत गरिएको डकुमेन्ट्री हिउँदको चिसोमा जीवनभर एक अर्कासँग तीतो सम्बन्ध राखेका दुई महिलाले जाडो सँगै कटाउन गर्ने संघर्ष र तीतो मीठो सम्बन्धको विषय उठाइएको छ ।
राजन र सुनिरले लामो समय लगाएर तयार पारेको यो डकुमेन्ट्री लन्डनको सेफिल्ड डकफेस्टमा वर्ल्ड प्रिमियर भएको थियो । डकुमेन्ट्रीलाई बबिन दुलालले खिचेका हुन् भने सम्पादन किरण श्रेष्ठको रहेको छ । यसअघि यो डकुमेन्ट्री दक्षिण कोरियाको डीएमजेड इन्टरनेसनल डकुमेन्ट्री फिल्म फेस्टिभलमा पनि छनौट भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओली कप फुटबल : मछिन्द्रका सनिश सर्वोत्कृष्ट खेलाडी
-
नेपाली जनप्रगतिशील मञ्च जापानको साधारणसभा तय
-
महान्यायाधिवक्ताको कार्यालयले दिएन रेखा शर्मा प्रकरणको सूचना
-
नेमकिपाको नयाँ नेतृत्व चयन मंगलबार
-
सर्लाहीको चक्रघट्टामा स्कारपियो पल्टिँदा चालकको मृत्यु
-
रुपन्देही सुनगाभा सैनामैना गोल्डकप : मुर्गिया फुटबल क्लबको विजयी सुरुवात