भारतीय बजारमा पहुँच विस्तारपछि खुल्यो पीपीए

काठमाठौं । विद्युत् प्राधिकरणले विद्युत् खरिद सम्झौता (पीपीए) खुलाएको छ । विद्युत् प्राधिकरणले विगत ५ वर्षदेखि पीपीए सम्झौता रोकेको थियो ।
तर, गत वर्ष तत्कालीन ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री राजेन्द्र लिङ्देनले नदी प्रवाहमा आधारित साढे १५ सय मेगावाटको पीपीए खुलाउने निर्णय गरेका थिए ।
त्यसबाहेक पीपीए सम्झौता खुलेको थिएन । विद्युत् प्राधिकरणले आज एक सूचना सार्वजनिक गर्दै पीपीए खुलेको जानकारी दिएको हो । प्राधिकरणका अनुसार सञ्चालक समितिको निर्णयअनुसार, नदी प्रवाही र अर्ध जलाशययुक्त जलविद्युत आयोजनाहरूको पीपीए खुलाएको हो ।
प्राधिकरणले पीपीएका लागि आरओआरमा तोकिएको माथिल्लो सीमा ६हजार ७५० मेगावाट र अर्थजलाशययुक्तमा ४ हजार ५०० मेगावाट नपुगेसम्म पीपीए सम्झौता गर्ने जनाएको छ । यसका लागि प्राधिकरणसँग ग्रिड कनेक्सन एग्रिमेन्ट सम्पन्न भएको मितिलाई आधार मानी रोल क्रम अनुसार पीपीए प्रक्रिया बढाउने क्रममा प्राधिकरणले जनाएको छ ।
पीपीएको प्रक्रियामा रहेका प्रवर्द्धक कम्पनीहरू र विद्युत् नियमन आयोगबाट सम्झौताको सहमति प्राप्त भई पीपीएको तयारी अवस्थामा रहेका आयोजना ३५ दिनमा प्राधिकरणको सम्पर्कमा आउन समेत भनिएको छ ।
‘रीतपूर्वक पेस हुन आएका निवेदनहरूको आधारमा कारबाही प्रक्रिया अगाडि बढाइने छ,’ प्राधिकरणले जारी गरेको सूचनामा भनिएको छ, ‘तर तोकिएको अवधिभित्र निवेदन प्राप्त नभएमा वा प्राप्त निवेदनहरूमा आवश्यक कागजातहरू र दस्ताबेज संलग्न नभएमा त्यस्ता आयोजनाहरूलाई यस सूचनालाई आधार मानी पीपीएको रोलक्रमबाट हटाइनेछ ।’
पीपीए प्रक्रियाबाट हटाइएका आयोजनाको प्रक्रियाबाट हटाइएका आयोजनाहरूलाई अन्तिममा समावेश गर्ने प्राधिकरणले जनाएको छ ।
भारतीय बजारमा बिजुलीको अपार सम्भावनासहितको बजार खुलेपछि प्राधिकरणले पीपीए खुलाएको हो । प्रधानमन्त्रीको पछिल्लो भारत भ्रमणका क्रममा नेपालबाट १० हजार मेगावाट बिजुली किन्ने घोषणा भएको थियो ।
सो उद्घोष अनुसार भारतको मन्त्रिपरिषद्काे बैठकले १० वर्षमा १० हजार मेगावाट बिजुली किन्ने निर्णय समेत गरेको छ । यसबाहेक, यतिबेला सरकारले आगामी १२ वर्षमा २८ हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य तय गरेको छ । यसका लागि समेत पीपीए खुलाउन आवश्यक थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डकेटको शानदार शतक, अस्ट्रेलियासामु विशाल लक्ष्य
-
मोरङमा ‘लाइदिऊँ कि माया टुनामुना पो’ र ‘माया बस्यो है’को छायाङ्कन
-
स्थानीय खानेकुरालाई प्रवर्द्धन गर्न जरुरी छ : मेयर शाह
-
नेपालीमा नकारात्मक सोच बढ्यो, स्वजागरणले सकारात्मक बनाउँछ : सभामुख
-
आरतीलाई बैठकस्थलबाट निकालेको छैन : नेकपा एकीकृत समाजवादी
-
द्वारिकादेवी ठकुरानी : प्रथम महिला उपमन्त्री जसलाई बीपीले घरमै पठाइदिएका थिए टिकट