अर्थतन्त्रमा देखिएका समस्या सरकारको टालटुले जवाफले सुधार हुँदैन : पूर्वअर्थमन्त्री पौडेल
काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या र चुनौती सरकारको टालटुले जवाफले सुधार हुने अवस्था नभएको बताएका छन् ।
मंगलबार प्रतिनिधिसभा अन्तर्गतको अर्थसमिति बैठकमा बोल्दै पूर्वअर्थमन्त्री पौडेलले मुलुकको आर्थिक अवस्था चानेचुने अवस्थामा नभएको भन्दै सरकारले टालटुले जवाफले अर्थतन्त्र समालिन नसक्ने बताए । उनले अर्थतन्त्रको समग्र शल्यक्रिया गर्नसक्ने गरी उचित उपचारको प्रबन्ध सरकारले गर्न सक्नुपर्ने बताए ।
पूर्वअर्थमन्त्री पौडेलले समिति बैठकमा मुलुकको अर्थतन्त्रका विषयमा छलफल गर्ने बोलाउँदा अर्थमन्त्री आउनुपर्ने बताए । उनले मुलुकको अर्थतन्त्र र समितिमा अर्थ मन्त्रालयले प्रस्तुत गरेको आर्थिक अवस्था मेला नखाएको बताए । उनले देशको अर्थतन्त्र मन्दीको अवस्थामा आएपनि अर्थ मन्त्रालयले मन्दिको अवस्थालाई स्वीकार गर्न नसकेको बताए । उनले अर्थतन्त्र मन्दीमा गएको स्वीकार गर्न नसक्ने मन्त्रालयले अर्थतन्त्रका समस्या समाधान नगर्न सक्ने बताए ।
पौडेलले अर्थतन्त्र मन्दीमा गएको विषयमा सरकारले मौनता साधेको आरोप लगाए । उनले सरकारले अर्थतन्त्रको समस्यालाई बेवास्ता गरेर अर्थतन्त्र सुधार गर्न नसक्ने उल्लेख गरे । उनले अर्थतन्त्रमा देखिएका समस्या, चुनौती र कठिनाइहरू सम्बोधन नगरे अर्थतन्त्रमा उल्लेख्य सुधारहरु हुन नसक्ने बताए । उनले बजारमा मागमा कमी आएको र धेरै उद्योगहरु ५० प्रतिशत मात्रै उत्पादन गरिरहेको उल्लेख गरे ।
पौडेलले मुलुकको राजश्व परिचालनको अवस्था अत्यन्तै चिन्ताजनक अवस्थामा रहेको बताए । उनले राजश्व सरकारको साधारण खर्च धान्न नसक्ने अवस्था पुगेको दाबी गरे । उनले राजश्व परिचालन भएन भनेर बजेटमार्फत अर्थमन्त्रीले राजश्वका दरमा गरेको हेरफेर संसद्ले पास गर्दा समेत केही परिवर्तन गरेपनि परिणाम आउन नसकेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चौतारा ढालेर थुपारिएको दाउरा महानगरले जफत गर्ने
-
इन्टरनेट सेवामा स्लो हुने समस्या, भएको के हो ?
-
१० बजे १० समाचार : माओवादीभित्र शक्ति संघर्षदेखि सपना देखाएर सर्वत्र ठगीसम्म
-
कुमारी सहकारीको डेढ अर्ब हिनामिना, पाँच जना पक्राउ
-
चाँदनीको हत्या प्रकरणमा आमा र बुवा पनि पक्राउ, ६ जनाविरुद्ध पाँच दिनको म्याद थप
-
केबलकार निर्माणको कार्यलाई स्थगन गरी निकास दिन राप्रपा नेपालको माग