‘दिमाग खराब’ मेरो कमब्याक फिल्म हो – अभिनेत्री सुपुष्पा
काठमाडौंँ । अभिनेत्री सुपुष्पा भट्टले ‘दिमाग खराब’ मार्फत अभिनयमा कमब्याक गर्न पाउँदा खुसी लागेको बताएकी छन् । निर्देशक निश्चल बस्नेतसँग काम गर्ने आफ्नो चाहना समेत फिल्मले पुरा गरेको उनको धारणा रहेको थियो ।
सोमबार फिल्म ‘दिमाग खराब’ले आयोजना गरेको ‘झम्के झमा झम’ गीत सार्वजनिक कार्यक्रम मार्फत धेरै समयपछि संचारकर्मीमाझ प्रस्तुत भएकी उनले कमब्याक फिल्मबाट राम्रो आस गरेको सुनाइन् ।
सार्वजनिक ‘झम्के झमा झम’ बोलको नयाँ गीतमा उनको पनि नृत्य रहेको छ । फिल्ममा उनको अभिनय के कस्तो छ भने अहिले खुलाइएको छ ।
सुपुष्पा ‘रणवीर’ फिल्मबाट रजतपटमा डेब्यू गरेकी हुन् । ‘रणवीर’पछि उनले ‘छ माया छपक्कै’ र ‘चपली हाइट ३’ अभिनय गरेकी थिइन् ।
त्यसपछि निर्माता रौनक विक्रम कँडेलसँग विवाह गरेकी उनी फिल्मबाट टाढा रहेकी थिइन् । ‘दिमाग खराब’ उनकै श्रीमान् कँडेलले बनाएको फिल्म हो ।
‘दिमाग खराब’ आगामी कात्तिक २४ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ । निश्चल बस्नेतको निर्देशन रहेको फिल्म सिनेमा आर्ट्स र ब्ल्याक हर्स पिक्चर्सको संयुक्त ब्यानरमा निर्माण भएको हो ।
फिल्ममा दयाहाङ राई, खगेन्द्र लामिछाने, अर्पण थापा, विजय बराल, स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, सुमन कार्की लगायतको अभिनय छ । फिल्मको सुरज बम ठकुरी कार्यकारी निर्माता र रौनक विक्रम कँडेल निर्माता हुन् । फिल्म जनता र शक्तिको कथामा केन्द्रित रहेको बताइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आलिया भट्टले किशोर कुमारलाई नचिनेपछि...
-
एनपिएलको उदघाटन खेल र अन्य खेल हेर्नका लागि टिकट मूल्य सार्वजनिक
-
सर्च इञ्जिनपछि ब्राउजर ल्याउने योजनामा ओपनएआई
-
१२ बजे, १२ समाचार : चीनसँग ऋणसम्बन्धी सम्झौता नगर्ने प्रधानमन्त्री ओलीको बाचादेखि ११ महिनापछि बल्ल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिसम्म
-
नेपालगञ्ज भन्सारमा ६ वर्षदेखि छैन स्क्यानर मेसिन, हातैले छामेर मालसामान जाँच
-
सार्वजनिक शिक्षा सुधार्न नेत्रको संघर्ष, सातै प्रदेशमा उभिएर प्रदर्शन गर्ने