गठबन्धनले राजनीतिक आदर्श र मूल्यलाई सौदाबाजीको विषय बनायो : केपी ओली

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रहित र जनहित विरोधी कार्यमा सरकार व्यस्त भएको आरोप लगाएका छन् ।
सोमबारको प्रतिनिधिसभामा विशेष समय लिएर बोल्दै अध्यक्ष ओलीले आफूले तथ्य प्रमाणसहित सरकार जनहित र राष्ट्रहित विपरीतका काममा लागिरहेको बताएका हुन् ।
‘अहिलेसम्म हामीले प्राप्त गरेको राजनीतिक उपलब्धिहरू समाप्त पार्न र विकास निर्माणलाई अवरुद्ध पार्न, विदेश सम्बन्ध खलबल्याउन र सम्पूर्ण राज्य प्रणालीलाई विश्रृंखलित बनाउन यो सरकार दत्तचित्त भएर लागेको छ’, ओलीको भनाइ छ ।
सरकारमा मन्त्री हुनु र पाउनलाई मात्रै जनताले छानेर नपठाएको भन्दै उनले जनता र विकासको पक्षमा उभिन भनेर पठाएपनि गन्तव्य मन्त्री मात्रै हुने सत्तारुढ दलको रहेको भन्दै सदनको ध्यानाकर्षण समेत गराए । उनले अस्थिरतालाई गतिशीलता ठान्ने, विभाजन र विग्रहलाई प्राथमिकता दिने र विद्वेष फैलाएर सत्ता प्राप्त गर्ने र सत्ता टिकाउन जे पनि गर्ने गठबन्धनले राजनीतिक आदर्श र मूल्यलाई सौदाबाजीको विषय बनाएको बताए । साथै उनले आफ्नो दलको विजय नभएर अन्य दलको विभाजनमा भविष्य देख्ने राजनीतिक दलहरुले संघीयताका आधारभूत स्तम्भ खलबल्याउन सक्रिय रहेको पनि बताए ।
उनले सत्ताको लोभमा देश र जनताका कर्तव्य बिर्सँदै गएको बताए । संविधानप्रति अनास्था फैलाउन पनि सरकार लागि रहेको भन्दै पूर्व प्रधानमन्त्री ओलीले भने, ‘आज संविधान भित्रका शक्तिलाई समेत संविधानले दिएको स्पेस र अपरचुनिटीबाट वञ्चित गरेर आपसी तनाव, विद्वेष र विग्रहलाई बढाएर संविधान बाहिर धकेलिन बाध्य पार्ने क्रियाकलापलाई यो सरकारले प्रोत्साहन दिइरहेको छ । सरकार आफै यस्ता घटनाहरुको आयोजना पनि गरिरहेको छ । ’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माओवादी केन्द्र विराटनगरको कार्यसमिति सर्वसम्मत चयन
-
धनगढी विमानस्थल जग्गा प्रकरणः प्रेम आलेविरुद्ध लेखा समितिमा पनि उजुरी
-
पत्रकारिता ऐनाजस्तै सत्यतथ्य देखाउने माध्यम हो : पूर्वराष्ट्रपति यादव
-
तीनकुने घटना : झण्डै ४७ करोड क्षति भएको प्रारम्भिक मूल्याङ्कन
-
पोखरामा खानेपानी अभाव, पानी माग्दै होटल सङ्घ पुग्यो संस्थान
-
शिक्षकका मुद्दा किनारा लगाउँछु भन्ने शिक्षामन्त्रीले एक्कासि किन दिइन् राजीनामा ?