परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान र वातावरण पत्रकार समूहबीच सहकार्य
काठमाडौँ । परराष्ट्र मन्त्रालय मातहतको कूटनीतिक ‘थिंक ट्यांक’ परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान (आइएफए) र नेपाल वातावरण पत्रकार समूह (नेफेज)बीच जलवायु परिवर्तन र जलवायु कूटनीतिका विभिन्न विषयमा सहकार्य गर्न समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
वातावरणका राष्ट्रिय अन्तर्राष्ट्रिय मुद्दा, दिगो विकास, हरित अर्थतन्त्र, जलवायु शरणार्थीजस्ता राष्ट्रिय, अन्तर्राष्ट्रिय विषयमा प्रतिष्ठान र नेवापसले सहकार्य गर्ने प्रकृतिका भएकाले समझदारी गरिएको जनाइएको हो ।
समझादारीअनुसार यस्ता विषयमा दुवै संस्थाले बहस, छलफल, अन्र्तक्रिया र शोध अनुसन्धान गर्ने छन् । सोमबार प्रतिष्ठानका निमित्त कार्यकारी निर्देशक राजेन्द्र पाण्डे र नेफेजकी अध्यक्ष रोशनी अधिकारीले समझादारीपत्रमा हस्ताक्षर गरे । समझदारीअनुसार प्रतिष्ठानले वातावरणको संरक्षण, सम्बद्र्धन, जलवायु परिवर्तन, अनुकूलन र न्यूनीकरणसम्बन्धी नीतिनिर्माण प्रक्रियामा समूहलाई संलग्न गराउने छ भने समूहले प्रतिष्ठानको नीतिनिर्माण तथा कार्यान्वयन प्रक्रियामा विशेषज्ञहरूको राय उपलब्ध गराएर वा स्वयं संलग्न रही सहयोग गर्नेछ ।
प्रतिष्ठानका निमित्त कार्यकारी निर्देशक पाण्डेले जलवायुको मुद्दाबाट कुनै पनि देश टाढा रहन नसक्ने बताउँदै उच्चस्तरीय भ्रमणका क्रममा सरकारले यस्ता विषयलाई भ्रमणको एजेण्डा बनाउनुपर्ने बताए । ‘कूटनीतिक क्षेत्रका अन्य एजेण्डाका अतिरिक्त जलवायु कूटनीति छुटाउनै नहुने एजेण्डा बनिसकेका छन्, तर उच्चस्तरीय भ्रमणमा यस्ता विषय अझै प्राथमिकतामा पर्न नसकेका बेला समूहसँगको समझदारी महत्वपूर्ण हुने मेरो विश्वास छ’, उनले भने।
सोही अवसरमा बोल्दै नेफेजकी अध्यक्ष अधिकारीले जलवायुको विषय विशुद्ध वातावरणसँग मात्रै जोड्न नमिल्ने उल्लेख गर्दै राष्ट्रिय, अन्तर्राष्ट्रिय अर्थ नीतिमा पनि उत्तिकैै जोडिएको बताइन् ।
सोही अवसरमा नेवापसका उपाध्यक्ष टीका बन्धन, महासचिव सविन शर्मा र सचिव सृष्टि काफ्लेले जलवायु कूटनीतिका विभिन्न विषयमा प्रतिष्ठान र समूहले नियमित छलफल श्रृंखला चलाउने बताए । प्रतिष्ठानका स्रोत व्यक्ति मात्रिका पौडेल र सूचना अधिकारी सानुराजा पुरीले दिगो विकास, हरित अर्थतन्त्र, जलवायुका विभिन्न मुद्दाहरुमा दुवै संस्थाका स्रोत व्यक्ति एवम् विज्ञहरुको ज्ञान र अनुभवलाई दिगो सहकार्यमा जोड्ने धारणा राखे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
बागमती प्रदेशमा धान उत्पादन घट्यो
-
इन्साइडर ट्रेडिङविरुद्ध बोर्डको ‘एक्सन’पछि सकारात्मक छैन सेयर बजार
-
थोरै सङ्ख्यामा पशु पालेरै मासिक एक लाख बढी आम्दानी
-
रवि लामिछानेविरुद्ध आज अभियोग पत्र दर्ता गरिने
-
मुग्लिङ–नौबिसे सडक आजदेखि दिउँसो ३ घण्टा बन्द हुने