सातौँ विकेटका रूपमा पेभेलियन फर्किए सोमपाल
मङ्गलबार, १६ असोज २०८०, ०९ : ५६

काठमाडौँ । चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिताको पुरुष क्रिकेटको भारतविरुद्घको क्वार्टरफाइनल खेलमा नेपालले सातौँ विकेट गुमाएको छ ।
नेपालले सातौँ विकेटका रूपमा सोमपाल कामीलाई गुमाएको हो । उनी पाँच बलमा एक छक्काको मद्दतले सात रन बनाउँदै आउट भए । उनी आउट हुँदा नेपालले १७ ओभरमा एक सय ५६ रन बनाएको थियो ।