एसियाली खेलकुद : नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै भारत

काठमाडौँ । चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगितामा पुरुष क्रिकेटको क्वार्टरफाइनलमा नेपालले भारतको सामना गर्दैछ । सोमबार भएको ‘ड्र’ मा नेपालले भारतलाई प्रतिद्वन्द्वीका रूपमा पाएको हो ।
आजको खेलमा भारतले टस जितेर पहिले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । नेपाली टोली समूहगत चरणमा मंगोलिया र माल्दिभ्सलाई हराउँदै क्वार्टरफाइनलमा पुगेको हो ।
आजको नेपाली टोलीमा कप्तान रोहित पौडेलसहित आशिफ शेख, कुशल मल्ल, कुशल भुर्तेल, सन्दीप जोरा, गुल्सन झा, सोमपाल कामी, करन केसी, अभिनाष बोहोरा, दीपेन्द्र सिंह ऐरी र सन्दीप लामिछाने छन् ।
प्रतियोगिताको दोस्रो क्वार्टरफाइनलमा हङकङले पाकिस्तानको सामना गर्नेछ । त्यो खेल पनि मंगलबार नै खेलिने छ । यसैगरी अर्को क्वार्टरफाइनल खेल अफगानिस्तान र श्रीलङ्काबिच खेलिने छ । चौथो क्वार्टरफाइनल खेल बंगलादेश र मलेसियाबिच खेलिने छ । यी दुवै क्वार्टरफाइनल खेल बुधबार खेलिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनलाई दिँदै आएको सैन्य सहायतामा अमेरिकाले लगायो रोक
-
‘कार्गो रेल नचलाएसम्म रेल्वे कम्पनी नाफामा जान सक्दैन’
-
लोसपा रौतहटको संयोजकमा भरत साह
-
'जुन देश गरिब हुन्छ त्यस देशका नेताहरू सजिलै बिक्री हुन्छन्'
-
ढोरपाटन जोड्ने सडक स्तरोन्नितका लागि एक अर्ब बजेट
-
एक्मीका विद्यार्थीलाई अन्यत्र सारियो, कलेजलाई कारबाही गर्न हुँदैछ आनाकानी