टिप्पणी : यसरी बिग्रियो सेयर बजार, अर्थमन्त्रीले अब कस्तो नीति लेलान् ?
काठमाडौं–अहिले सेयर बजार घट्नुको मुख्य कारण अर्थमन्त्रीलाई मानिएको छ । हुन त सेयर बजार बढ्नु÷घट्नु स्वभाविक प्रक्रिया नै हो । बजारमा १ अंक घट्दा लगानीकर्ताले १ अर्ब रुपैयाँ गुमाउनुपर्ने अवस्था आउछ ।
बैंक तथा वित्तीय संस्थाले पुँजी बृद्धिका लागि भारी मात्रामा हकप्रद र बोनस सेयर ल्याएर सो अनुसार नाफा गर्न नसक्दा बजार आफै शिथिल बनिसकेको थियो । आपुर्ति बढ्याे तर माग बढेन जसले बजारमा दबाव सृजना भयो । अर्कोतर्फ बैंकहरुसँग लगानी गर्ने पर्याप्त रकम नभएपछि निक्षेप बृद्धिका लागि महंगो ब्याजदरलाई हतियार बनाए । निक्षेपको ब्याजदर बढ्ने वित्तिकै ऋणको ब्याजदर बढ्छ । यसकारण पनि महंगो ब्याजदरमा ऋण लिएर सेयरमा लगानी गर्ने हैसियत लगानीकर्ताले राखेनन् ।
बजार मैत्री र अनुदार दुबै खालको सरकार हँुदा बजारमा हलचल आउँछ । लगानीकर्ताहरु अहिलेको सरकारलाई सेयर बजार मैत्री मान्न तयार छैनन् । अर्थमन्त्रीको जिम्मेवारी सम्हाल्न आइपुगेका डा. युवराज खतिवडा लगानीकर्ताका अप्रिय बनेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले सपथ लिएको दिन बजारले स्वागत गरेको भनिएपनि त्यो स्वागत धेरै समय टिक्न सकेन । बजारमा अहिले ‘अर्थमन्त्री फोबिया’ हाबी भएको प्रष्ट देखिन्छ । अर्थमन्त्रीमा डा.युवराज खतिवडाको आगमनसँगै सेयर बजार लगातार ओरालो लागिरहेको छ । दोस्रो बजारको सेयरको मूल्य नै झण्डै आइपिओ मूल्यकै हाराहारीमा पाउन थालिएको छ ।
यसरी बिग्रियो सेयर बजार र खतिवडाको कनेक्सन
डा. युवराज खतिवडा २०६६ चैतमा नेपाल राष्ट्र बैंकको गर्भनरमा नियुक्त भए । उनले आफू अघि गर्भनर भएका विजयनाथ भट्टराइको नीतिलाई कडाइका साथ कार्यान्वयन गरे । भट्टराइले घरजग्गाको ऋणमा सिलिङ तोकिसकेका थिए । त्यसैलाई कार्यान्वयन गर्दा उनलाई रियलस्टेट व्यवसायीहरुले रुचाएनन् । यता गाडी, सुन तथा सेयर बजारमा दिइने कर्जामा पनि कडाई गरेर उनी लगानीकर्ताका अप्रिय बने । यद्यपि, उनको गर्भनरको पाँच बर्षे कार्यकाल सफल भएको जानकारहरु बताउँछन् । खतिवडा सेयर बजार मैत्री छैनन् भन्ने छाप छोडेर गर्भनरबाट बिदा भए ।
त्यसको असर अहिले उनले धारण गरेको अर्थमन्त्री पदमा परेको छ । दुईपटक राष्ट्रिय योजना आयोगको उपाध्यक्ष भएका उनलाई खुला बजार अर्थतन्त्रको पक्षपाती मानिन्छ । मौद्रिक अर्थशास्त्रमा पिएचडी गरेका व्यक्ति अर्थमन्त्री भएर आउँदा अर्थतन्त्र बुझेको व्यक्ति आएको भनिरहँदा लगानीकर्तामा गर्भनर कार्यकालकै त्रास हटिसकेको थिएन । उनी अर्थमन्त्री हुने हल्लाका बिच बजार
१५.७८ अंकले घटेर बन्द भएको थियो ।
घटना दोहोरिरह्यो
प्रधानमन्त्री बन्ने समयमा केपी ओलीले एक कार्यक्रममा बाम सरकार आएपछि सेयर बजार घट्ने कुनै कारण छैन । झन् बढ्छ । बरु बजार घटाउन गिरोह सक्रिय भएको आरोप समेत लगाए । बाम गठबन्धको घोषणा पत्रमै जनजनमा सेयर भन्ने नाराले स्थान समेत पाएको छ ।
वाम गठबन्धन सरकारको अर्थमन्त्रीमा खतिवडा आएको दिन फागुन १४ गते सेयर बजार १५ अंकले घटेको थियो । त्यसयता अपवाद बाहेक बजार निरन्तर ओरालो लागिरहेको छ ।
उनले अर्थमन्त्री भएपछि पहिलो पटक बिबिसीलाई दिएको अन्र्तवार्ता सेयर बजार लगानीकर्ता माझ निकै विवादित बन्यो । उनले आन्तरिक पुँजीले मात्र अहिलेको बैंकिङ क्षेत्रमा देखिएको तरलता समस्या समाधान नहुने र अन्र्तराष्ट्रिय बजारबाट पुँजी प्रवेश गराएर तरलता समाधान गर्न सक्छौ भनेका थिए ।
जति पुँजी परिचालन गरिन्छ त्यो फेरी घरजग्गा, सेयर बजार, अटोमोबाइलमा लगानी गर्नुको कुनै अर्थ नरहने भन्ने उनको शब्दले फेरी पनि आगोमा घ्यू थप्ने काम गर्यो । सेयर बजार धेरैजसो लगानीकर्ताको मनोविज्ञान सँग खेल्ने बजार हो । स— साना अभिव्यक्तिले बजार अस्थिर बन्छ भने झन जिम्मेवार व्यक्तिको अभिव्यक्तिमा बजार रुमल्लिनु स्वभाविक नै हो । उनले यो अभिव्यक्तिलाई लिएर बजेटको अर्धवार्षिक समक्षिामा मिडियाहरुले आफ्नै ढङ्गले प्रस्तुत गरेको पनि भने । उनले विराटनगरको एक कार्यक्रममा पनि सेयर बजारमा लहडमा लागेर लगानी नगर्न भनेपछि यसको असरपनि बजारमा देखियो ।
अर्थमन्त्रीले अब लिनुपर्ने नीति
देशको अर्थ व्यवस्थाको संकेत गर्ने सेयर बजार आफैमा संवेदनशिल हुन्छ । यसमा लगानीकर्ताको मनोविज्ञान र राजनीतिक उतारचढाव चाँडै हाबी हुन्छ । अर्थमन्त्रीले लगानीकर्ताको चित्त नदुखाउने हो भने आज भोलीमै सार्वजनिक हुने भनिएको श्वेतपत्र मार्फत सेयर बजारबारे बिशेष सम्बोधन गर्नुपर्ने देखिन्छ ।
हुनत अर्थतन्त्रका ज्ञाता उनलाई कस्तो नीति लिँदा देशको अर्थतन्त्र फष्टाउँछ भन्ने हेक्का छ । सेयर बजार अनुत्पादक नै हो भन्ने लाग्छ भने यो कारणले अनुत्पादनक होे भनेर सेयर किनबेचमै रोक लगाउनु पर्छ । यदि सेयर बजारले खर्बौको पुँजी निर्माण गरेको छ भने सेयर बजारको संवेदनशिलता बारे जानकार हुनुको विकल्प छैन । बैंकहरुले पुँजी बढाउन सेयरकै सहारा लिन्छन्, जलविद्युत कम्पनी निर्माणको खर्च सेयरबाट जुट्छ । सेयरबाट जुटेको रकमबाट बिजुली निकाल्न सकिने र रोजगारी सृजना हुने अवस्थामा देशको अर्थतन्त्रमा विकास पुर्याउने कुरामा दुइमत छैन । अबको पुँजी बजारको भविष्य पनि खतिवडा नीतिमै भर पर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनुहारमा कसरी लगाउने टोनर ?
-
काठमाडौंमा ‘नेपाल अफ्रिका चलचित्र महोत्सव’ हुने
-
१२ बजे, १२ समाचार : चुनौतीका चाङमाथि सामाजिक सुरक्षा कोष, सहकारी ठगीमा एमाले नेता कारागार चलानदेखि समाजवादीका ३४४ नेता बेरोजगारसम्म
-
आइसिसीका प्रतिनिधिले गरे पोखरा क्रिकेट मैदान निरीक्षण
-
जब कानुनमन्त्रीले प्रधानन्यायाधीशलाई दिनभर कुराए...
-
एनपीएल खेल्न बाबर हायत नेपाल आइपुगे, तस्बिरहरु