आन्दोलन चर्काउँदै राप्रपा, रवीन्द्र मिश्रसहितको कार्यदल गठन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) हिन्दु राष्ट्रसहित आफ्नो एजेण्डा स्थापित गर्ने उद्देश्यका साथ आन्दोलन गर्ने भएको छ । त्यसका लागि राप्रपाले कार्ययोजना तय गर्न लागेको छ ।
राप्रपाको सोमबार बसेको कार्यसम्पादन समितिको बैठकले महामन्त्री डा धवल शम्शेर राणाद्वारा प्रस्तुत आगामी आन्दोलन सम्बन्धी कार्ययोजनालाई अन्तिमरुप दिने निर्णय गरेको छ ।
त्यसका लागि वरिष्ठ नेता एवम् उपाध्यक्ष बुद्धिमान तामाङ, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, उपाध्यक्ष हेमजङ्ग गुरुङ र महामन्त्रीद्वय डा धवल शम्शेर राणा र कुन्ती शाही रहेको कार्यदल गठन गरिएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार बैठकले दैनिक उपभोग्य बस्तुमा भएको मूल्यवृद्धि लगायत जनजीविकासँग सम्बन्धित विषयमा सरकारलाई गम्भीर बन्न दबाब दिने र यस सम्बन्धमा तत्काल प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने निर्णयसमेत गरेको छ ।
यस्तै मुलुकमा व्याप्त भ्रष्टाचार, दण्डहिनता र समग्र बेथितिका विरुद्ध राप्रपाले प्रदेशस्तरीय विरोध प्रदर्शन तथा सभाको तयारी गर्न सबै प्रदेशहरुलाई निर्देशन दिने निर्णय समेत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डीएसपी हुँ’ भन्दै रेस्टुरेन्टको बिल नतिर्ने पक्राउ
-
‘भूठान’ सेन्सर पास
-
एमाले वीरगन्ज महानगर कमिटीको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु
-
कक्षा १२ को परीक्षा नरोक्ने बोर्डको निर्णय
-
जुनियर स्कुल प्रिन्सेस २०२५ को उपाधि शिवंशी र प्राशियालाई
-
ड्राइभरको असफलताको भारी खलासीलाई बोकाउन खोजियो : पूर्व शिक्षामन्त्री खनाल