दिगो, लोकतान्त्रिक र न्यायपूर्ण समाज निर्माण गर्न जरुरी : प्रदीप ज्ञवाली
सोमबार, १५ असोज २०८०, १९ : ००

काठमाडौँ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले गणतन्त्र स्थापना गरेको १६ वर्ष बितिसक्दा पनि जनताको अवस्था परिवर्तन गर्न नसक्दा लोकतन्त्रको विरुद्धमा आवाज उठिरहेको बताएका छन् ।
सोमबार काठमाडौँमा आयोजित अन्तर्राष्ट्रिय अहिंसा दिवस र गान्धी जयन्ती कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले समाजमा असहिष्णुता बढ्दै गएको भन्दै सरकारले यसमा ध्यान दिनुपर्ने आवश्यकता रहेको बताए ।
उपमहासचिव ज्ञवालीले एशियालाई शान्ति क्षेत्रको रुमपा विकास गर्नुपर्ने बताए । उनले शान्तिका पक्षहरुले सुझबुझका साथ समाजमा आइरहेका परिवर्तनलाई हेर्दै दिगो लोकतान्त्रिक न्यायपूर्ण समाज निर्माण गर्न जरुरी रहेको बताए ।
उपमहासचिव ज्ञवालीले समाजमा असहिष्णुरुपी संस्कृतिको विकास हुँदै गएकोप्रति चिन्ता व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली, नेपालबाट २११ जना उडे
-
मुद्दा मामिला झेलेको लाज शरणम् सेन्सर पास
-
यी तीन थरी मानिसले खानु हुन्न हरियो तरकारी
-
बेलायतमा मौसमी कामदारका नाममा पैसा उठाउने गिरोह सक्रिय
-
जर्मनीमा ओलाफ शोल्ज फेरि बन्लान् चान्सलर ?
-
नसर्ने रोग नियन्त्रणमा व्यक्ति, समाज र सरकारको भूमिका