भारत स्वतन्त्र हुनुमा नेपालीहरुको हात छ : नेता निधी

काठमाडौँ । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले भारत स्वतन्त्र हुनुमा नेपालीहरुको हात रहेको बताएका छन् ।
सोमबार काठमाडौँमा आयोजित अन्तर्राष्ट्रिय अहिंसा दिवस र गान्धी जयन्ती कार्यक्रमलाई सम्बोधन गर्दै उनले तर भारतले नेपालको हात छ भनेर कहिल्यै भन्ने नगरेको बताएका हुन् ।
उनले भारतको अहिंसात्मक आन्दोलनमा महात्मा गान्धीसँगै नेपालीहरुले पनि भारत स्वतन्त्र हुनका लागि आन्दोलन गरेको बताए ।
नेता निधिले भारतले पनि कहिल्यै नेपालीहरु पनि भारत स्वतन्त्र हुनमा आन्दोलनमा उत्रिएका थिए भन्ने प्रसंग ननिकाल्ने गरेको बताए । उनले भारतीय राजनीतिज्ञ, साहत्यिकार, इतिहासकारले सो कुरालाई ओझेलमा राख्ने गरेको बताए । उनले भारतले नेपालमा लोकतन्त्र ल्याउनमा आफूहरुको सहयोग रहेको मात्रै भन्ने गरेको बताए ।
नेता निधिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीको विरुद्धमा कुरा भएको भए त्यसबाट सचेत रहनुपर्ने बताए । प्रणाली बदल्ने जरुरी नरहेको र बरु प्रणाली बलियो बनाउन संविधानमा थप संशोधन गर्न जरुरी रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा पुरुषको शव फेला
-
अझै भेटिएनन् सप्तकोशीमा बगेका मामाभाञ्जा
-
ट्रम्पको रूसी राष्ट्रपति पुटिनलाई कडा सन्देश : ‘अब शान्ति सम्झौता गरौँ’
-
ओली सरकार असफल भइसक्यो, ढल्न मात्रै बाँकी छ : वर्षमान पुन
-
ग्रीन हाइड्रोजनको सम्भावना कार्यविधिमार्फत अघि बढाउँछौँ : ऊर्जामन्त्री खड्का
-
१० बजे, १० समाचार : सरकार छाड्ने गगनको चेतावनीदेखि देउवाको प्रतीक्षामा प्रचण्डसम्म