संसदीय समितिले छलफलका लागि भौतिक पूर्वाधार तथा यातायातमन्त्री ज्वालालाई बोलायो
काठमाडौँ । संघीय संसद्, प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई बोलाएको छ ।
दसैँ, तिहारजस्ता चाडपर्वलाई लक्षित गर्दै यातायातको व्यवस्थापनबारे सचेत गराउने उद्देश्यका साथ असोज १७ गते बुधवार बस्ने समितिको बैठकमा मन्त्री ज्वालासहितका भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका पदाधिकारीलाई बोलाउने निर्णय गरेको हो ।
दसैँ, तिहारजस्ता चाडपर्वमा काठमाडौँ उपत्यकाबाट घर जाने सबैलाई यातायातको उचित व्यवस्था गर्न र बाढी, पहिरोले तहसनहस बनाएका सबै सडकहरु पुनर्निर्माणको काम छिटो सम्पन्न गर्नका लागि सम्बन्धित मन्त्रालयका मन्त्रीसँगै छलफल गर्ने निर्णय गरिएको समितिका सभापति दीपकबहादुर सिंहले बताए ।
समितिको बैठक असोज १७ गते बुधवार बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकमा मन्त्री ज्वाला समक्ष समितिका सदस्यहरुले दसैँ, तिहारजस्ता चाडपर्वमा घर जाने यात्रुहरुका लागि आवश्यक यातायातको व्यवस्था गर्ने सम्बन्धमा ध्यानाकर्षण गराउने पनि सो समितिले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पिकअप भ्यान पल्टिंदा दुई जनाको मृत्यु, २२ जना घाइते
-
चीनमाथि थप ५० प्रतिशत अतिरिक्त भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
निर्माणाधीन एसियाली राजमार्गले निम्त्याएको प्रदूषण नियन्त्रण गर्न स्थानीयको माग
-
सञ्चारकर्मी तथा गीतकार राधिकाको ‘फूल फूल्यो फक्रियो’ सार्वजनिक
-
आईपीएलमा मुम्बई इन्डियन्सको चौथो हार, बैंग्लुरु तेस्रो स्थानमा यथावत
-
डढेलोले सखाप हुँदै जङ्गल