प्रदेश अधिवेशन
कर्णाली एमाले अधिवेशन : २०० मत गणना गर्दा अध्यक्षका उम्मेदवार शाहको अग्रता कायमै, सचिवमा शाहीको अग्रता
सोमबार, १५ असोज २०८०, १६ : ३६
![कर्णाली एमाले अधिवेशन : २०० मत गणना गर्दा अध्यक्षका उम्मेदवार शाहको अग्रता कायमै, सचिवमा शाहीको अग्रता](https://npcdn.ratopati.com/media/news/cover-karnali-uml_X2ANwzflCw.jpg)
सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश कमिटीको मतगणनामा अध्यक्षका उम्मेदवार गुलाबजङ्ग शाहको अग्रता कायमै रहेको छ । २०० मत गणना गर्दा शाहले १२१ मतसहित अग्रता लिइरहेका छन् भने अध्यक्षका अर्का उम्मेदवार मीनबहादुर शाहीले ६५ मत पाएका छन् ।
त्यस्तै उपाध्यक्षका उम्मेदवार टेकराज पछाइले १०८ मतसहित अग्रता लिइरहेका छन् भने उपाध्यक्षका अर्का उम्मेदवार लाल बहादुर महतराले ५९ मत पाएका छन् ।
त्यसैगरी सचिव पदका उम्मेदवार ध्रुव शाहीले १३७ मतसहित अग्रता लिइरहेका छन् भने सचिवका अर्का उम्मेदवार रुद्र शाहीले ५१ मत पाएका छन् । एमाले कर्णाली अधिवेशन अन्तर्गत आइतबार भएको मतदानको सोमबार मतगणना भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रेलरमा यस्तो देखियो फिल्म ‘ताण्डवम्’
-
सप्तरीमा रु चार अर्ब लगानीमा छवटा उद्योग खोलिदै
-
अदूरदर्शी पोखराका जनप्रतिनिधि : लामे आहालको म्याद सकियो, पोखराको फोहोर ५ दिनदेखि सडकमै
-
मुस्ताङको लुरी गुम्बा ओझेलमा
-
प्रतिनिधिसभा बैठक बस्दै, के-के छन् कार्यसूची ?
-
स्टील र आल्मुनियममा २५ प्रतिशत आयातकर लगाउने ट्रम्पको घोषणा, अस्ट्रेलियाप्रति नरम