दक्षिण कोरियामा विपिन कुमार गुरुङको संयोजकमा राष्ट्रिय समन्वय कमिटी गठन
सोमबार, १५ असोज २०८०, १५ : ४७

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियामामा विनोद कुँवर पक्षधरले छुट्टै कमिटी (राष्ट्रिय समन्वय परिषद्) गठन गरेको छ । कुँवरको प्रमुख आतिथ्य तथा सचिव जुनु गुरुङको विशेष आतिथ्यमा भएको भेलाबाट विपिन कुमार गुरुङको संयोजकत्वमा समिति गठन गरिएको हो ।
समितिको उपाध्यक्षमा महेश बजागाई, जित कुँवर तथा महासचिवमा प्रशान्तराज बानियाँ, सचिवमा अवदेश राज चौरासिया, सहकोषाध्यक्षमा मदन गौतम, युवा संयोजकमा अजय सोडारी, महिला संयोजकमा सोरी रानाभाट चयन भएका छन् ।
यसैगरी सदस्यहरुमा युवराज गौतम, नरेश शर्मा, अविरल राम वुढाथोकी, विमला सुनुवार र गोबिन्द पोखरेल चयन भएका छन् ।
बाँकी रहेका रिक्त पदहरु कार्यसमितिले चाँडै परिपूर्ति गर्ने निर्णय भएको अध्यक्ष कुँवरले बताए ।
एनआरएनएको कुँवर पक्षको विभिन्न देशमा राष्ट्रिय कमिटी गठन भइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : नयाँ वर्षको पहिलो दिन पनि शिक्षकहरू सडकमैदेखि बैंकहरूले लागु गरे नयाँ ब्याजदरसम्म
-
धनगढी हाफ म्याराथनको उपाधि आर्मीका खड्कालाई
-
अस्ट्रेलियामा नयाँ प्रजातिका ‘विशबोन’ माकुरा फेला
-
गायक आचार्यको नयाँ म्युजिक भिडियो सार्वजनिक
-
राष्ट्रपति पौडेलद्वारा हल्चोक आकाश भैरवको १२ वर्षे जात्रा शुभारम्भ
-
नारायणघाट–बुटवल सडकखण्ड आजदेखि रातको समयमा बन्द हुने