कर्णाली एमाले अधिवेशन
सुर्खेतमा एमाले मतगणनास्थलमा तोडफोड
सोमबार, १५ असोज २०८०, १४ : ३५
काठमाडौँ । नेकपा एमाले कर्णाली प्रदेशको मतगणनास्थलमा तोडफोड भएको छ । सुर्खेतस्थित सिटी हलमा जारी मतगणनाका क्रममा अनेरास्ववियुका कार्यकर्ताले तोडफोड गरेका हुन् ।
एमाले कर्णाली अधिवेशनको निर्वाचन समितिमा रहेका सत्य शाहीलाई पार्टीले कारबाही गरेको भन्दै मतगणनास्थलमा प्रदेश नदिएपछि शाही पक्षधर तोडफोडमा उत्रेका हुन् । तोडफोडबाट सिटी हलका सिसा फुटेका छन् ।
एमाले निर्वाचन मण्डलका सदस्यहरुले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएपनि शाही प्रहरी नियन्त्रणबाट मुक्त भैसकेका छन् । एमाले कर्णाली प्रदेशको पहिलो अधिवेशन अन्तर्गत सोमबार मतगणना भइरहेको छ । घटनापछि मतगणनास्थलमा थप प्रहरी परिचालन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रेलरमा यस्तो देखियो फिल्म ‘ताण्डवम्’
-
सप्तरीमा रु चार अर्ब लगानीमा छवटा उद्योग खोलिदै
-
अदूरदर्शी पोखराका जनप्रतिनिधि : लामे आहालको म्याद सकियो, पोखराको फोहोर ५ दिनदेखि सडकमै
-
मुस्ताङको लुरी गुम्बा ओझेलमा
-
प्रतिनिधिसभा बैठक बस्दै, के-के छन् कार्यसूची ?
-
स्टील र आल्मुनियममा २५ प्रतिशत आयातकर लगाउने ट्रम्पको घोषणा, अस्ट्रेलियाप्रति नरम