नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेल र सचिव मरासिनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेल र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका वाणिज्य सचिव मधुकुमार मरासिनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । नेशनल पेमेन्ट गेटवे खरिदमा पौडेल र मरासिनी सहितका अधिकारीले भ्रष्टाचार गरेको आयोगको ठहर छ ।
अख्तियारले राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन अध्यक्ष सञ्जय शर्मा, तत्कालीन कार्यकारी निर्देशक प्रणिता उपाध्याय, केन्द्रका उप–निर्देशक सफल श्रेष्ठ, तत्कालीन सहायक निर्देशक रमेश पोखरेल र तत्कालीन लेखा अधिकृतहरु निमबहादुर वली र रामबहादुर बुढा तथा कम्प्युटर इन्जिनियर रामशरण गायकलाई पनि प्रतिवादी कायम गरेको छ ।
पौडेलले सूचना प्रविधि केन्द्रमा तत्कालीन कार्यकारी निर्देशक र मरासिनीले अर्थ मन्त्रालयको बजेट महाशाखामा तत्कालीन सहसचिव हुँदा पूर्वाधार नै तयार नगरी २३ करोड २७ लाख ५८ हजार ७७ मा ‘नेशनल पेमेन्ट गेटवे’ खरिद गरेका थिए । ६ वर्षअघि खरिद गरिएको नेशनल पेमेन्ट गेटवे (एनपिजी) अहिलेसम्म प्रयोगमा आएको छैन ।
नीति तथा कार्यक्रमममा समावेश नभएको तथा राष्ट्रिय सूचना प्रविधि केन्द्रले बजेट नै माग नगरेको ‘नेशनल पेमेन्ट गेटवे’ खरिद शीर्षकमा मरासिनीले माथिल्लो अधिकारीलाई जानकारी नै नदिई २५ करोड निकाशा दिएको अख्तियारको अनुसन्धान निष्कर्ष छ ।
विज्ञान तथा प्रविधि मन्त्रालयका तत्कालीन सचिव सञ्जय शर्मा सहितका ७ जना मिलेर आर्थिक वर्ष २०७४/०७५ मा गेटवे पेमेन्टको भुक्तानी गरेका थिए । अख्तियारले विशेष अदालतमा दायर गरेको सो मुद्दाका आरोपितहरुसँग २३ करोड २७ लाख ५८ हजार बिगो मागदावी लिएको छ ।
यसअघि समाचारमा वाणिज्य सचिव हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ-सं
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीनकुने घटनामा भएको प्रेस स्वतन्त्रता हनन्का सम्बन्धमा निष्पक्ष र स्वतन्त्र छानबिन गर्न माग
-
दुर्गा प्रसाईंलाई बिनासर्त तत्काल रिहाइ गर्न माग
-
भूकम्पपछि अस्थायी आश्रयस्थलमा राखिएको सेतो मछिन्द्रनाथको मूर्ति पुनःस्थापना (तस्बिरहरु)
-
हिउँदै बाली भित्र्याउँदा यी विषयमा ध्यान दिन आग्रह
-
९ अर्ब ५५ करोड नाफामा नेपाल आयल निगम
-
कोशी प्रदेश मन्त्रिपरिषद् बैठक : यस्ता छन् निर्णय