सन्नी–आमिरको फिल्मलाई ९५ करोडको अफर : छिट्टै घोषणा गरिने

सन्नी देओलले हालै ‘गदर–२’ जस्तो सुपर हिट फिल्म दिएका छन् । यो फिल्मपछि उनलाई धेरै ठुला अफर आएका छन् ।
मिडिया रिपोर्टलाई विश्वास गर्ने हो भने सनी देओल आफ्नो अर्को फिल्मका लागि निर्देशक राजकुमार सन्तोषीसँग कुरा गरिरहेका छन् । यसमा विशेष कुरा के छ भने यो फिल्मलाई आमिर खानले आफ्नो ब्यानरमा निर्माण गर्ने सम्भावना छ ।
फिल्मको छायाङ्कन अर्को वर्ष सुरु हुन सक्ने
जूमको रिपोर्टलाई विश्वास गर्ने हो भने ओटीटी प्लेटफर्मले सन्नी र आमिरलाई फिल्मको विशेष अधिकारका लागि ९५ करोड भारतीय रुपैयाँ प्रस्ताव गरेको छ । फिल्मको छायाङ्कन अर्को वर्षबाट सुरु हुनसक्छ ।
तर, सन्नी देओलले यस विषयमा अहिलेसम्म कुनै निर्णय गरेका छैनन् । आमिर र सन्नीले अक्टोबर १९ मा आफ्नो सहकार्यबारे घोषणा गर्ने सम्भावना छ ।
सन्नीको फिल्ममा आमिर सहायक निर्देशक थिए
सन्नी र सन्तोषीले यसअघि ‘घायल’, ‘घातक’ र ‘दामिनी’ जस्ता हिट फिल्म दिएका छन् तर आमिर र सन्नीले अहिलेसम्म सँगै स्क्रिन सेयर गरेका छैनन् । तर, सन् १९८५ मा रिलिज भएको सन्नी स्टारर फिल्म ‘जबरदस्त’ मा आमिर खान सहायक निर्देशक थिए । फिल्मलाई उनका काका नासिर हुसैनले निर्देशन गरेका थिए ।
आमिर र सन्नीको फिल्म तीन पटक बक्स अफिसमा भिड्यो
आमिर र सन्नीले कहिल्यै सँगै काम नगरे पनि यी दुईबिच तीन पटक ठुलो भिडन्त भएको थियो । यसबारे जानकारी लिऔँ...
पहिलो भिडन्त – दिल र घायल (१९९०)
सन् १९९० मा सँगै रिलिज भएका यी दुवै फिल्मले उत्कृष्ट व्यापार गरेको थियो । आमिर अभिनीत ‘दिल’ २० करोडको कलेक्सनका साथ त्यो वर्षको सबैभन्दा धेरै कमाउने फिल्म बनेको थियो। जबकि ‘घायल’ले १७ करोड कमाएको थियो । त्यो वर्षको दोस्रो सबैभन्दा धेरै कमाउने फिल्म थियो ।
दोस्रो भिडन्त – राजा हिन्दुस्तानी र घातक (१९९६)
सन् १९९६ मा आमिर र सन्नी फेरि फिल्ममा आमनेसामने भएका थिए । जहाँ राजा हिन्दुस्तानी ४३ करोड कमाएर ब्लकबस्टर बनेको थियो । जबकि घटक १६ करोड कमाएर सुपर हिट भएको थियो ।
तेस्रो भिडन्त – लगान र गदर (२००१)
यी दुईको फिल्म एक आपसमा भिडेको यो तेस्रो पटक थियो । यस पटक सनी देओलले जिते । उनको गदरले ७६ करोड कमाएको थियो । जबकि लगानको कमाई ३५ करोडमा मात्र सीमित रह्यो । तर पछि यसले क्लासिक फिल्मको हैसियत पायो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देश विकासमा पूर्वाग्रह र मतभेद राख्न आवश्यक छैन : प्रधानमन्त्री
-
गभर्नर नियुक्तिमा ठूलो आर्थिक चलखेल हुँदैछ : वर्षमान पुन
-
गुणाकर भट्ट गभर्नर हुन अयोग्य रहेको दाबीसहित सर्वोच्चमा पूरक निवेदन
-
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता केन्द्रकै कारण स्थगित भयाे : मुख्यमन्त्री कँडेल
-
नेपाली श्रमिकको स्वास्थ्यका लागि सघाउन युएईसँग स्वास्थ्य मन्त्री पौडेलको आग्रह
-
तीन महिनाको अवधिमा विपद्जन्य घटनाबाट ४१ जनाको मृत्यु, करोडौँको क्षति