सेयर बजारलाई स्वास्थ्यकर बनाउन जरुरी : अर्थमन्त्री महत

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले सेयर बजारलाई स्वास्थ्यकर बनाउन जरुरी रहेको बताएका छन् । सोमबार ललितपुरमा आयोजित विश्व लगानी कर्ता सप्ताह २०२३ उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री महतले लगानी कर्ताको लगानी सुरक्षित गर्नुपर्ने कुरा सबैभन्दा चुनौती र जरुरी रहेको बताएका हुन् ।
उनले अहिले शेयर मार्केट तल झर्नुमा रेगुलेशन र माइक्रो म्यानेजमेण्टका केही समस्याहरू रहेको बताए । उनले बिस्तारै सेयर बजार बढ्दै जाने दाबी गरे । उनले भने, ‘अहिले शेयर मार्केट तल झरेको छ । त्यसको अलिकति विविध कारण छन् । रेगुलेशनका केही माइक्रो म्यानेजकमेण्टका कुराहरुले पनि समस्याहरू आएको छ । यसको बिस्तारै समाधान हुँदै जान्छ । र समाधान हुनुपर्छ । त्यसमा केही निर्णयहरू चाँडै आउलान् भन्ने पनि मैले विश्वास लिएको छु । तथापि जे भए पनि यो सेयर मार्केटलाई स्वास्थ्यकर बनाउन जरुरी छ । त्यसको बेनिफिट आम लगानी कर्ता जो सानासाना बचतकर्ताहरू छन्, र यो मार्फतबाट केही हुन्छ कि ? भनेर लगानी गर्न अग्रसर हुन्छन् । उहाँहरुको लगानी सुरक्षित गर्न जरुरी छ । सबैभन्दा चिन्ताको विषय त्यो हो । यसमा कतिपय बेलामा इन्साइडर ट्रेडिङका कुराहरू आउने, सूचना लिक हुने, जुन प्रवृत्तिहरू पनि देखिएको छ । यसलाई निर्णायक हिसाबले दायरामा ल्याउनुपर्छ । आम लगानी कर्तालाई मध्यनजर राखेर गर्नुपर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीनकुने घटनामा ज्यान गुमाएका पत्रकार रजकको परिवारसँग लिङ्देनको भेट
-
‘अब मेरा पिताजी फर्केर आउनुहुन्न, त्यो हतियार अर्कोलाई नउठोस्’
-
अधिकार त्यसै प्राप्त भएको होइन संरक्षणमा गम्भीर बनौँ : उपप्रधानमन्त्री सिंह
-
एमाले कमजोर भइरहेको अध्यक्ष ओलीद्वारा झापाबाटै स्वीकार
-
स्वदेशमै रोजगारी सिर्जना गर्न सरकार प्रयासरत छ : मन्त्री शाही
-
बनेपा उपमेयर कप महिला भलिबलको उपाधि ललितपुरलाई