नेपाली प्रवासी मजदुरबारे बनाइएको फिल्मले जित्यो अन्तर्राष्ट्रिय अवार्ड

‘बहादुर–द ब्रेभ’ नामको फिल्मले अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा अवार्ड पाएको छ । उक्त फिल्म नेपाली प्रवासी मजदुरमा आधारित छ । कोभिड–१९ का बेला भारतमा नेपाली प्रवासी मजदुरले पाएको सङ्घर्ष यस फिल्मको मुख्य विषयवस्तु हो । फिल्मलाई भारतका रोहतकमा बस्ने केही युवाले बनाएका हुन् ।
सान सेबास्टियन अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलको ७१ औँ संस्करणमा यस फिल्मले ‘कुट्छाबैंक–न्यु डिरेक्टर अवार्ड’ हात पारेको हो । आठ दिन लामो यो फेस्टिभल स्पेनको सान सेबास्टियनमा आयोजना गरिएको हो । कार्यक्रम शनिवार सम्पन्न भयो ।
हरध्यान फिल्म्सका भिस्भेस सिंह शेरावत र सिनाइ पिक्चर्स अफ थोमसका अजय अब्राहमद्वारा निर्मित यस फिल्म सेप्टेम्बर २३ मा फेस्टिभलको ‘न्यु डिरेक्टर्स’ अन्तर्गत वर्ल्ड प्रिमियर गरिएको हो ।
शेरावतका अनुसार ‘बहादुर–द ब्रेभ’ नेपाली प्रवासी मजदुरले भारतमा के कस्ता समस्या भोग्छन् भन्ने विषयवस्तुमा केन्द्रित छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीनकुने घटनामा भएको प्रेस स्वतन्त्रता हनन्का सम्बन्धमा निष्पक्ष र स्वतन्त्र छानबिन गर्न माग
-
दुर्गा प्रसाईंलाई बिनासर्त तत्काल रिहाइ गर्न माग
-
भूकम्पपछि अस्थायी आश्रयस्थलमा राखिएको सेतो मछिन्द्रनाथको मूर्ति पुनःस्थापना (तस्बिरहरु)
-
हिउँदै बाली भित्र्याउँदा यी विषयमा ध्यान दिन आग्रह
-
९ अर्ब ५५ करोड नाफामा नेपाल आयल निगम
-
कोशी प्रदेश मन्त्रिपरिषद् बैठक : यस्ता छन् निर्णय