अंकारामा आत्मघाती विस्फोटपछि कुर्द विद्रोहीविरुद्ध जवाफी हमला
सोमबार, १५ असोज २०८०, १० : १६

अंकारा । राजधानी अंकारास्थित आन्तरिक मामिला मन्त्रालयको भवनबाहिर आत्मघाती बम विस्फोटपछि टर्कीको सेनाले कुर्द विद्रोहीको ठेगानाहरूमा जवाफी हमला गरेको छ । टर्की सरकारका अनुसार यस अभियानमा कुर्द विद्रोहीका २० ठेगानालाई ध्वस्त बनाइएको हो ।
हमलामा विद्रोहीको प्रतिबन्धित समूह पीकेकेका कयौँ चरमपन्थीहरु मारिएको दाबी गरिएको छ । अंकारामा आइतबार बिहान भएको विस्फोट आफूआबद्ध एक समूहले पीकेकेले जानकारी दिएको छ ।
समाचार एजेन्सी रोयटर्सका अनुसार आइतबार टर्कीको आन्तरिक मामिला मन्त्रीले मन्त्रालयको भवनबाहिर दुई चरमपन्थीहरुले हमला गरेका थिए । एकजना जवाफी कारबाहीमा मारिएको तथा अर्कोले आत्मघाती विस्फोट गराएको उनको भनाई थियो । घटनामा दुईजना सुरक्षाकर्मी घाइते भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वायु प्रदूषण घटेपछि खुल्यो आकाश, देखिन थाले हिमाल, तस्बिरहरू
-
शिक्षकहरूको आन्दोलनमा अभिभावक घुसेपछि...
-
फोर्स गाडीको ठक्करबाट पैदल यात्रीको मृत्यु भएपछि वीरेन्द्रनगर तनावग्रस्त
-
पौडी खेल्ने क्रममा तीन बालक दानव नदीमा बेपत्ता
-
श्रेयज सुवेदीको कथा सङ्ग्रह 'बहुरूपी' सार्वजनिक
-
विवाह बन्धनमा बाँधिइन् ट्वाइलाइट अभिनेत्री क्रिस्टन