लिबियाबाट इटालीका लागि १० वर्षपछि पहिलो व्यावसायिक उडान सुरु

त्रिपोली । करिब १० वर्षको अन्तरालपछि लिबिया र इटालीबीच सिधा उडान पुनः सुरु भएको छ । रोमका लागि उडेको एक विमानले लिबियाको राजधानी त्रिपोलीमा शनिबार उडान भरेको हो ।
सन् २०१४ को डिसेम्बरमा, युरोपेली आयोगले सुरक्षाको कारण देखाउँदै लिबियाका सबै एयरलाइन्सलाई युरोपेली हवाई क्षेत्रमा उडान गर्न प्रतिबन्ध लगाएको थियो ।
लिबियास्थित मेडस्की एयरवेजले त्रिपोलीको मिटिगा अन्तर्राष्ट्रिय विमानस्थलबाट रोमको लियोनार्डो दा भिन्ची–फियुमिसिनो अन्तर्राष्ट्रिय विमानस्थलका लागि १० वर्षपछि पहिलो उडान भरेको हो ।
मेडस्की एयरवेजले आफ्नो फेसबुकमार्फत् सार्वजनिक जानकारीमा शनिबार र बुधबार त्रिपोली र रोमबीच दुईतर्फी उडान गर्ने घोषणा गरेको छ ।
यसैबीच, लिबियाको यातायात मन्त्रालयले दुई देशका नागरिक उड्डयन प्राधिकरणले नागरिक उड्डयन सहयोग र हवाई यातायातसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेको जनाएको छ ।
त्रिपोलीमा भएको यस सम्झौताले दुई देशका वायुसेवा कम्पनीलाई चार्टर र नियमित उडान सञ्चालन गर्न सहजीकरण र प्रोत्साहन गर्ने मन्त्रालयले जनाएको छ ।- (रासस/सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विकृति र विसंगति अन्त्यका लागि आध्यात्मिक जागरण आवश्यक : मुख्यमन्त्री आचार्य
-
मन्त्री र कर्मचारी भ्रमण स्वीकृतिमा केन्द्रित मन्त्रिपरिषद् बैठक
-
भारतीय सेनाका ६ जना पूर्व स्थल सेनाध्यक्ष नेपालमा
-
प्रचण्ड नेतृत्वको सरकारका कारणले नेपाल ग्रे लिष्टमा पर्यो : मन्त्री गुरुङ
-
मन्दिर सफा गर्न पानी बोकेको ट्यांकर भासियो
-
समय गुजार्दै कांग्रेसका भ्रातृ संस्था, चैत मसान्तभित्र गर्लान् महाधिवेशन ?