प्रधानमन्त्रीको चीन भ्रमण औसत भन्दा सफल : सांसद झा
आइतबार, १४ असोज २०८०, २० : २४

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले प्रधानमन्त्रीको चिन भ्रमण औसतभन्दा सफल रहेको बताएका छन् ।
आइतबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद झाले प्रधानमन्त्रीको चीन भ्रमण औसतभन्दा सफल रहेको बताएका हुन् । उनले भ्रमणलाई असफल भन्नु नहुने बताए । उनले प्रधानमन्त्रीले अमेरिका, चीन र भारतको भ्रमणमा आर्थिक, वातावरण, भाइचारा र संस्कृतिका मुद्दाहरु बढी उठाएको बताए । राजनीतिक मुद्दा उठाउन प्रधानमन्त्री सजग भएको भन्दै उनले प्रधानमन्त्रीले भ्रमणका क्रममा कुनै राजनीतिक जोखिम लिन नचाहेको बताए ।
उनले चीन भ्रमणको क्रममा नेपालको चुच्चे नक्साको सन्दर्भमा कुरा नउठाएकोप्रति रास्वपाको प्रश्न रहेको पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मार्क कार्नी क्यानाडाको प्रधानमन्त्री चुनिए, ट्रम्पलाई दिए कडा जवाफ
-
इटालियन सिरी’ए : एटलान्टाको फराकिलो जित, युभेन्ट्स हार्यो
-
केबलकार निर्माणको विवादकाबीच धमाधम शौचालय निर्माण
-
महिलाले निरन्तर हाँक्दै सामुदायिक वन
-
ला लिगामा रियाल मड्रिड विजयी, बार्सिलोनासँग अंंक बराबर
-
प्रिमियर लिग : चेल्सी विजयी हुँदा आर्सनल र म्यान्चेस्टर युनाइटेडको पर्यो टक्कर