ॐ शब्द नहटाउन राप्रपाले गरायो प्रतिष्ठानको ध्यानाकर्षण
आइतबार, १४ असोज २०८०, १८ : ५६

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले नेपाली शब्दकोशबाट ॐ शब्द नहटाउन प्रज्ञा प्रतिष्ठानको ध्यानाकर्षण गराएको छ । आइतबार राप्रपाका नेताहरुले प्रतिष्ठानका उपकुलपति भुपाल राईसँग भेटगरी शब्दकोशबाट ॐ शब्द नहटाउन आग्रह गरेको हो ।
ॐ हटाउन खोजिएको बारे सत्यतथ्य बुझ्न वरिष्ठ उपाध्यक्ष तथा संसदीय दलका उपनेता बुद्धिमान तामाङको नेतृत्वमा राप्रपाका नेताहरुले प्रतिष्ठानसँग छलफल गरेका हुन् । त्यस अवसरमा प्रतिष्ठानका उपकुलपति राईले ॐ शब्द हटाउने हल्लामा कुनै सतयता नरहेको बताएको राप्रपा प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुक्तिनाथ मन्दिरमा करिब ४८ लाख भेटी सङ्कलन
-
ट्रम्पका कारण बढिरहेछ सुनको भाउ, कतिमा गएर रोकिएला ?
-
कम बजेटमै जनताको अनुभूति हुने कार्यक्रमलाई प्राथमिकतामा राख्छौँ : मुख्यमन्त्री आचार्य
-
गाजा–इजरायलबीच नयाँ युद्धविराम योजना प्रस्ताव
-
कक्षा १२ को परीक्षा सर्यो
-
एक पटकको नेपाली सदैव नेपाली हुनुपर्छ : लिङ्देन