कार्यकर्ताबाटै सभापति चुन्ने व्यवस्था राख्नुपर्छ : नेता पौडेल

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले कार्यकर्ताले केन्द्रीय सभापति आफैँ चुन्न खोजेको हो भने सोही अनुसारको व्यवस्था गर्नुपर्ने बताएका छन् ।
आइतबार काठमाडौँमा आयोजित १४ औँ महाधिवेशनको म्याण्डेट र पार्टी रुपान्तरणको जल्दाबल्दा सवाल विषयक गोष्ठीमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले कार्यकर्ताले पार्टीको नेतृत्वले प्रत्यक्षमा वा समानुपातिकमा जसलाई टिकट दिन्छ, त्यसलाई सधैँभर थोपर्छ, अन्याय गर्छ भन्ने लाग्ने हो भने पार्टीभित्र प्राइमरी इलेक्शनको व्यवस्था गर्नुपर्ने बताए । उनले पार्टीका आम कार्यकर्ताले चुनेको मतदान गरेर चुनावमा उठ्न योग्य छ भन्ने व्यक्तिमात्रै उम्मेदवार हुन पाउनुपर्ने बताए ।
नेता पौडेलले पार्टीलाई समावेश पार्टीमा रुपान्तरण गर्नु अहिलेको आवश्यकता भएको बताए । उनले एकै प्रकारको सदस्यता बनाएर जम्मा सदस्यहरुले केन्द्रीय सभापति चुन्ने व्यवस्था गर्न आवश्यक रहेको बताए ।
नेता पौडेलले कांग्रेसलाई समावेश पार्टीका रुपमा रुपान्तरित गर्न जरुरी रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शनिबार कति छ अमेरिकी डलर, युरो, पाउण्ड, दिराम, दिनार र रियालको मूल्य ?
-
सडक पिच हुन थालेपछि किसानलाई कृषि उत्पादन बजारसम्म लैजान सहज
-
१४ ओभरको खेलमा पञ्जाबले मार्यो वाजी, ५ विकेटले हार्यो बैंग्लुरु
-
सबै वडामा आफ्नै भवन बनाउने अभियानमा नेपालगञ्ज उपमहानगरपालिका
-
ला लिगा फुटबलमा इस्पानियोल विजयी
-
१२ बजे, १२ समाचार : प्रधानमन्त्री र आन्दोलनरत शिक्षकबीच वार्तादेखि गभर्नरमा गुणाकरलाई रोक्ने प्रयाससम्म