एक महिनामै नेपाल भित्रिए ९१ हजार विदेशी पर्यटक

काठमाडौँ । सन् २०२३ को सेप्टेम्बर महिनामै ९१ हजारभन्दा धेरै विदेशी पर्यटक नेपाल भित्रिएका छन् । पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार सेप्टेम्बर महिनामै हवाई माध्यमबाट ९१ हजार पर्यटक भित्रिएका हुन् ।
सन् २०२२ को सेप्टेम्बरमा जम्मा हवाई माध्यमबाट ५८ हजार ३१४ पर्यटक नेपाल भित्रिएका थिए । यस्तै, सन् २०२१ को सेप्टेम्बरमा ९ हजार ९०७ र सन् २०२० मा ५८४ जना पर्यटक मात्रै हवाई माध्यमबाट भित्रिएका थिए ।
यस्तै, सन् २०२३ को जनवरीदेखि सेप्टेम्बरसम्ममा हवाईमाध्यमबाट ६ लाख ९२ हजार ३७२ जना पर्यटक नेपाल भित्रिएका छन् । लामिछानेका अनुसार यो सन २०१९ को तुलनामा ११२ प्रतिशत बढी हो । यस्तै, हवाई र सडकमार्गबाट नेपाल आउने पर्यटकको वृद्धि भने १०० प्रतिशतमा छ ।
यस्तै, सन् २०१९ को तुलनामा नेपालमा १२२ प्रतिशतले पर्यटकको आवागमन बढेको छ । यसअवधिमा छिमेकी भारतबाट सबैभन्दा धेरै पर्यटक नेपाल भित्रिएका छन् । भारतबाट हवाई मार्ग हुँदै २८ हजार ६९४ जना पर्यटक नेपाल भित्रिएका हुन् ।
यसबाहेक, चीनबाट ८ हजार १७४, अमेरिकाबाट ७ हजार ३६४, अस्ट्रेलियाबाट ३ हजार ६८५ जना पर्यटक नेपाल आउँदा बेलायतबाट ३ हजार ६४० जना भित्रिएका छन् । यस्तै, श्रीलंकाबाट ३ हजार जर्मनीबात २ हजार ८५२ जना र दक्षिण कोरियाबाट २ हजार १८ जना नेपाल आएका छन् । यस्तै, इजरायलबाट १ हजार ७३४ जना नेपाल भित्रिएको पर्यटन बोर्डले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापाका किसान गहुँ खेती छोडेर मकैतर्फ आकर्षित
-
स्थानीय र पश्चिमी वायुमा थपियो भारतको न्यूनचापीय प्रणाली, सातै प्रदेशमा वर्षा हुने
-
महालक्ष्मीको बार आज कुन राशिलाई कस्तो फल ?
-
युरोपा लिगको सेमीफाइनल समीकरण पुरा : को-को पुगे अन्तिम चारमा ?
-
फ्रान्सको लियोंलाई हराउँदै म्यान्चेस्टर युनाइटेड युरोपा लिगको सेमीफाइनलमा
-
विदेशी मुद्रा, आज कसको मूल्य कति ?