८४ को चुनावको चिन्ता भए कि काम गरौँ कि सरकार छोडौँ : प्रदीप पौडेल
काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले सरकारमा बसेर काम गर्न नसक्ने भए सरकारबाट बाहिरिनुपर्ने बताएका छन् । कांग्रेस रूपान्तरण अभियान बागमती प्रदेशले आइतबार काठमाडौँमा गरेको कार्यक्रममा उनले महँगी निरन्तर बढिरहँदा सरकारमा बसिराख्न जरुरी नहुने बताए ।
उनले महँगी बढिरहने र जनताको ढाड सेकिइरहने हो भने पार्टी सरकारमा बस्नुको औचित्य नहुने बताएका हुन् । ‘महँगी बढ्ने, पेट्रोलियम पदार्थको मूल्य बढिरहने, जनताको ढाड सेकिइरहने हो भने त्यो सत्तामा बस्न कुनै जरुरी छैन,’ उनले भने।
उनले ०८४ को चुनावको चिन्ता गरेको भए पार्टीलाई सत्ता छाड्न वा सरकारमा बसेर काम गर्न आग्रह गरे। ‘२०८४ को सूचनाको चिन्ता गरेको हो भने कि सत्ता छोडौँ कि
त सत्तामा बसेर जनताको पक्षमा काम गरौँ ?,’ पौडेलले भने, ‘केही व्यक्तिलाई मन्त्री बनाउन हामी सत्तामा जान जरुरी छैन। म जान नपाएर भनेको होइन । जनताको काम गर्न सत्तामा जाने हो। मेरो साथीले जनताको पक्षमा काम गर्नुपर्यो ।’
आगामी निर्वाचनमा पार्टी सरकारमा हुँदा यस्ता यस्ता काम भए भनेर भन्ने अवस्था सिर्जना गर्नुपर्ने उनको भनाइ थियो ।
पार्टी सरकारमा भएकोले यो– यो काम पूरा भयो र यी बाँकी छन् भनेर भन्न पाउने स्थिति निर्माण हुनुपर्ने पनि उनले बताए । उनले रोजगारी सिर्जना हुन नसकेको बताए। ‘हामीले घोषणापत्रमा १२ लाख नयाँ रोजगारी कुरा कुरा लेखिएको छ । हामी सरकारमा सहभागी भएको ८ महिना भयो । त्यसको सङ्केत देखिएको छैन,’ उनले भने, ‘सुशासनको पक्षमा के–के गरिन्छ भनेर घोषणा पत्रमा लेखिएको थियो ?’
काम नगर्ने हो भने पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिन्छु भनेर नेतृत्वले भन्न सक्नुपर्ने पौडेलले बताए। ‘प्रधानमन्त्रीलाई यति काम गर नत्र समर्थन फिर्ता लिनुपर्छ भनेर नेतृत्वले भन्नुपर्छ ।’
पार्टीका कामकारबाही कछुवा गतिमा भइरहेकोमा उनले असन्तुष्टि जनाए । मिश्रित निर्वाचन प्रणालीले कुनै पार्टीलाई बहुमत दिन सक्दैन भने प्रत्यक्ष निर्वाचन प्रणालीबाट पनि संसद्लाई समावेशी बनाउन सकिने बताए।
‘महिला मात्रै, दलित मात्रै लड्ने सिट छुट्टाएर संसद्लाई समावेशी बनाउन सकिन्छ,’ उनले भने, ‘समानुपातिक प्रतिनिधित्वको अहिलेको व्यवस्थालाई प्रत्यक्षबाट प्रतिनिधित्व गर्न सकिन्छ।’
उनले कांग्रेस नेतृत्व पनि प्रत्यक्ष तर्फबाट चयन गर्नुपर्ने बताए । ‘पार्टीको नेतृत्व सान्दर्भिक छैन भनेर हामीले बुझाउन सक्नुपर्छ । अहिले त्यो सम्भव छैन भनेर हामी सक्यौ भने कसैले पनि हाम्रा लागि काम गरिदिँदैन,’ उनले भने, ‘हामीले तलदेखि माथिसम्म नेतृत्व परिवर्तनको सान्दर्भिकता महसुस गराउन सक्यौँ र पार्टीले नेतृत्वको पक्षमा मात्र होइन नीतिको पक्षमा उभ्याउन सक्नुपर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आँधीमूलको कृत्रिम तालमा डुङ्गा शयर
-
मुग्लिङ-नारायणगढ सडकको पाँचकिलो नजिकै माईक्रो बस दुर्घटना
-
१२ बजे, १२ समाचार : डेंगु सङ्क्रमणदर घटे पनि जोखिम कायमैदेखि विवाह गर्ने उमेर घटाउनु पर्ने मागसम्म
-
महाराष्ट्र र झारखण्ड विधानसभा चुनावमा विकास र सुशासनको ‘ऐतिहासिक जित’ : मोदी
-
निजी मेडिकलले विद्यार्थीलाई सरकारी सरह तलब भत्ता उपलब्ध गराउन नसक्ने
-
सडकमा शव राखेर विरोध प्रदर्शन, सहमतिपश्चात् खुल्यो यातायात