मेडिकल काउन्सिलको परीक्षामा ४६ प्रतिशत उतिर्ण
आइतबार, १४ असोज २०८०, १६ : ३६
काठमाडौँ । नेपाल मेडिकल काउन्सिले गत असोज १० गतेदेखि १२ गते सम्म लिएको डाक्टरहरुको परीक्षामा ४६ प्रतिशत उतिर्ण भएका छन् । काउन्सिलले आइतबार सूचना जारी गर्दै ६७ औं चिकित्सक दर्ता प्रमाणपत्र परीक्षामा मेडिकलतर्फ १४ सय ९१ र डेण्टलतर्फ ३२० गरी १८ सय ११ जना परीक्षार्थी सहभागी भएकोमा मेडिकलतर्फ ६६२ र डेण्टलतर्फ १७१ जना उर्तिण भएको जनाएको छ ।
यो नतिजा समग्रमा ४६ प्रतिशत रहेको पनि काउन्सिलले जनाएको छ । त्यस्तै यसअघि जेठ १७ देखि १९ सम्म सञ्चालन भएको ६६ औं परीक्षामा ३८ दशमलव ३९ प्रतिशत परीक्षार्थी उतिर्ण भएको काउन्सिलले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँको फर्पिङमा स्कुल बस दुर्घटना हुँदा दुई जनाको मृत्यु
-
गोपी सरसँग सहरी अर्थतन्त्र पढ्न पाउँदा...
-
सशस्त्रमा ३ डीआईजी पद रिक्त, बढुवा हुन प्रतिस्पर्धा
-
मोरङमा सुरु भयो नागरिकताको अनलाइन सिफारिस
-
एकीकृत समाजवादीनिकट विद्यार्थी संगठनको अध्यक्षमा महेश श्रेष्ठ चयन
-
आम आदमी पार्टीको पराजयले नेपालका नयाँ शक्तिलाई कस्तो सन्देश दिन्छ ?