बीवाईडीले गर्यो सियोले घोचेर ब्याट्री परीक्षण

काठमाडौँ । चिनियाँ विद्युतीय सवारी निर्माता बीवाईडी गाडीमा प्रयोग हुने ब्याट्रीलाई सियोले घोचेर परीक्षण (नेल पेनिट्रेसन टेस्ट) गरिएको छ । सवारीमा प्रयोग भएको ब्याट्रीको गुणस्तर देखाउन बीवाईडी गाडीले नेपालमा सियोले घोचेर परीक्षण गरेको हो ।
बीवाईडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंकले बीवाईडी हेडक्वाटर र भारतमा बीवाईडीको बिक्रेताको सहयोगमा काठमाडौँमा ब्याट्री परीक्षण गरेको हो । परीक्षणमा बीवाईडी सवारीमा प्रयोग हुने ब्लेड ब्याट्री र अर्को ब्याट्रीलाई एकै स्थानमा राखेर परीक्षण गरेको छ ।
त्यसक्रममा बीवाईडी सवारीमा प्रयोग हुने ब्याट्री ब्लास्ट भएन भने सोही परीक्षणका क्रममा अर्को ब्याट्री ब्लास्ट भएको थियो । परीक्षणका क्रममा दुईवटा ब्याट्रीलाई डोमभित्र राखेर सियोले घोच्दा बीवाईडी ब्याट्री नपड्किएको हो भने अर्को ब्याट्री भने पड्किएको थियो ।
यो परीक्षणका लागि ब्याट्रीको तापक्रम बढाइन्छ र डोमभित्र सुरक्षित रुपमा राखेर सियोले घोचिन्छ । परीक्षणका लागि ब्याट्रीको तापक्रम ३० देखि ६० डिग्री पुर्याइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : ईयूको लिष्टमा सात देश ‘सुरक्षित’ घोषितदेखि प्रहरीका ७५ जना सई वरिष्ठ सईमा बढुवाका लागि सिफारिससम्म
-
ईयूको नयाँ नीति : सात देश ‘सुरक्षित’ घोषित, शरण प्रक्रियामा कडाइ
-
७५ जना सईलाई वरिष्ठ सईमा बढुवा गर्न सिफारिस
-
कोरला नाकाबाट धार्मिक तथा पर्यटकीय गन्तव्यको बृहत्त सरसफाइ अभियान शुभारम्भ
-
युरेनियम प्रशोधन हाम्रो अधिकार हो, सम्झौताको विषय होइन : इरान
-
अन्तर्राष्ट्रिय सेफ सोसाइटीले भृकुटीमण्डपमा फुड फेस्टिभल गर्दै