भूराजनीतिले देशको अवस्था पेचिलो र जटिल छः माओवादी केन्द्र

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले भूराजनीतिक अवस्थाले गर्दा देशको अवस्था पेचिलो बन्दै गएको बताएको छ । आइतवार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा आयोजित पत्रकार सम्मेलनमा पार्टीका उपाध्यक्ष एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटाले भूराजनीतिक अवस्थाले देश पेचिलो र जटिल अवस्थामा रहेको बताएका हुन् । उनले सबै मिलेर मेहन गर्ने हो भने देखिएको समस्या समाधान हुने बताए ।
उनले अहिले चुनौति भन्दा पनि बढी सम्भावना रहेको उल्लेख गर्दै चुनौतिमै सम्भावनाका ढोका खुल्ने जिकिर गरे । उनले पार्टीले पछिल्लो समय देशमा आँधीबेहरी सिर्जना गरेको उल्लेख गर्दै माओवादीको सुदृढीकरण अभियान पनि सफल हुँदै गएको दाबी गरे । उनले पार्टीमा आकर्षण बढेको र अन्य पार्टीका कार्यकर्ता र पार्टी बाहिरका मानिस हजारौँको संख्यामा प्रवेश गरिरहेको बताए ।
उनले भने, ‘भूराजनीतिक अवस्थाले गर्दा हाम्रो अवस्था अलि पेचिलो र जटिल छ । तर हामीले मेहनत गर्ने हो भने देखापरेको समस्याको समाधान गर्न सकिन्छ । सम्भावना पनि छ यसमा । अहिले चुनौति भन्दा बढी सम्भावना छ । यस्तै बेलामा ढोकाहरु खुल्छन् । भारत भ्रमण होस् वा संयुक्त राष्ट्रसंघको महासभामा जाँदा भएका सम्झौताहरु भन्नुस्, यसको एकमुष्ठ निस्कर्ष निकाल्दा अहिले राजनीतिक रुपमा पनि एउटा सन्देश त गएको छ, त्यो भन्दा कयौँ गुणा बढी, अहिले हामी राजनीतिक पार्टीप्रतिको अपेक्षा बढी छ, विशेष गरी माओवादीप्रति अपेक्षा बढी छ । हामीले एउटा आँधीबेहरी श्रृष्टि गरेका छौँ । त्यसले राजतन्त्रको अन्त्य गरेको छ, जनताको जीवनमा परिवर्तन भएन । त्यसको लागि प्रधानमन्त्रीले पहल गर्नुभएको छ । युवाहरुलाई कसरी देशमै फैलाउने भन्नेबारेमा हामीले अध्ययन गरिरहेका छौँ । माओवादीको परीक्षामा हामी एक पछि अर्को पास हुँदै गएका छौँ । अहिलेसम्म आइपुग्दा यसको आकर्षण बढेको छ । यो जनस्तरसम्म पुग्दै छ । यसको आकर्षणको कुरामा धेरै अन्य पार्टीका कार्यकर्ता र पार्टी बाहिरका मानिस हजारौँको संख्यामा प्रवेश गरिहेका छन्, यो आकर्षण हो ।’
सापकोटाले सरकार जनताका आवाज सुन्न तत्पर रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज काठमाडौँका तीन ठाउँमा प्रदर्शन : यी स्थानमा सडक डाइभर्सन गरिने
-
मंगलबार यी चार प्रदेशमा वर्षाको सम्भावना
-
प्रिमियर लिग : न्यूक्यासल युनाइटेड पाँचौ स्थानमा उक्लियो
-
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
-
पिकअप भ्यान पल्टिंदा दुई जनाको मृत्यु, २२ जना घाइते
-
चीनमाथि थप ५० प्रतिशत अतिरिक्त भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी