रविको व्यङ्ग्य : अपराधीलाई उन्मुक्तिको खुसीयालीमा राष्ट्रपति कार्यालयमा भोज दिइएको हो ?
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता रवि लामिछानेले संविधान दिवसका दिन जन्मकैद भएको अपराधीलाई उन्मुक्ति दिएको विषयमा आपत्ति जनाएका छन् ।
आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले संविधान दिवसको दिन राष्ट्रपतिले गरेको भोजमाथि कटाक्ष गर्दै त्यो भोज संविधान पाएको खुसीयालीको नभई दिनदहाडै सडकमा मान्छे काट्नेलाई उन्मुक्ति दिएको भोज भएको टिप्पणी गरेका छन् ।
उनले भने,‘म खुसी छु त्यो पार्टीमा जुठो खान परेन । नेपाली जनताले लडेर ल्याएको लोकतन्त्रमा संविधानप्रति यो देशमा आशा भरोसा गरिएको छ, त्यति धेरै लगानी गरेर बनाइको संविधानको दिवसको मौका छोपेर सरकारको सिफारिसमा सम्माननीय राष्ट्रपतिबाट हुन गयो, राष्ट्रिय स्वतन्त्र पार्टी त्यसको घोर विरोध गर्न चाहन्छ ।’
उनले लोकतन्त्र, संविधानका विषयहरुमा टेकेर यस्ता जघन्य अपराध गर्ने मानिसहरुलाई, दिउँसै मान्छे हत्या गरेर आजीवन जेल सजाय पाएको मान्छेलाई जनताले खुसी मान्नुपर्ने अवसरहरुमा उन्मुक्ति दिने प्रणालीलाई बन्द गर्न माग गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पूर्वप्रधानमन्त्री सिंहको निधनप्रति प्रधानमन्त्री ओलीद्वारा शोक व्यक्त
-
‘गौरवका आयोजनाहरूको कामलाई तीव्रता दिन कुनै कन्जुस्याइँ गरिएको छैन’
-
जब युक्रेनको झण्डासहितको जर्सी लगाएर विराट कोहलीका समर्थक मैदानभित्र प्रवेश गरे !
-
‘सानुमाया’मा मिरुनाको अभिनय
-
आजबाट चिसो र शीतलहर बढ्ने, सतर्क रहन प्राधिकरणको अनुरोध
-
राजनैतिक दलको विचार र अडानलाई सांसदले बोक्नुपर्छ : योगेश भट्टराई