भरतपुर महानगरपालिकाले माग्यो नगर प्रहरी, अब डिएसपीको कमाण्ड हुने

चितवन । भरतपुर महानगरपालिकाले नगर प्रहरीको माग गरेको छ । महानगरले नगर प्रहरी नायब उपरीक्षकदेखि प्रहरी जवानसम्म ३० जना माग गरेको हो ।
महानगरले प्रकाशित गरेको सूचनाअनुसार नगर प्रहरी नायब उपरीक्षक १ जना, प्रहरी नायब निरीक्षक १ जनासहित ३० जना माग गरिएको छ ।
सबैभन्दा धेरै प्रहरी जवान खुलातर्फ १३ जना माग गरेको छ । यस्तै महिला प्रहरी जवान ३ जना, दलित ३ जना, आदिवासी जनजाति ३ जना, थारु २ जना र मधेसी १ जना मागेको हो ।
असोज २९ गतेसम्म आवेदन दिन सकिने महानगरद्वारा जारी सूचनामा जनाइएको छ । थप जानकारी महानगरपालिकाको वेबसाइटबाट प्राप्त गर्न सकिने छ । पूर्व नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाली प्रहरीले सम्बन्धित निकायबाट अनुभव हुनुपर्ने छ ।
यो सँगै भरतपुर महानगर नगर प्रहरीको कमाण्ड डिएसपीको हुने छ । यसअघि प्रहरी निरीक्षक इन्स्पेक्टरको कमान्डमा रहेको थियो ।
छनोटका लागि शारीरिक तन्दुरुस्ती र आत्मबल परीक्षणमा दौड २ सय मिटर, हाईजम्प र लङ्जम्प, सेटअप, पुसअप र चीन अप गर्नुपर्ने हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतको ग्वालियरस्थित होटलमा देह व्यापार, नेपाली महिला पक्राउ
-
पत्रकार भण्डारीको तेस्रो कृति ‘दिए पुग्छ’ लोकार्पण
-
केटी पेरीसहित महिलाहरूको समूह अन्तरिक्ष यात्रामा जाँदै
-
कोशीमा भारतीय पर्यटकको आगमनलाई झन्झट रहित बनाइँदै
-
वर्षाले गहुँबालीमा क्षति हुँदा किसान चिन्तित
-
राजनीतिक हस्तक्षेप र स्वार्थको मारमा ‘घरेलु ओलम्पिक’