पेट्रोलियम पदार्थको मूल्य घटाउने तयारी, निगमसँग प्रधानमन्त्री रुष्ट
काठमाडौँ । दसैँको मुखमा मूल्य बढाएको भन्दै चर्को आलोचनापछि सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाउने तयारी गरेको छ । यस विषयमा सम्बन्धित जिम्मेवार निकायलाई बोलाएर छलफल गरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आजै १२ः३० बजे मन्त्रिपरिषद्को आकस्मिक बैठक समेत बोलाएका हुन्।
‘पेट्रोलियम पदार्थलाई स्वचालित मूल्य प्रणालीमा लिनु पर्छ भन्ने सरोकारवाला निकायहरूको समेत सुझावको नेपाल आयल निगमले केही महिना अघि देखी स्वचालित मूल्य प्रणाली लागू गरेको थियो। तर केही समय यता अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थ (एलपीजीसमेत)मा मूल्यवृद्धि भएको र सोही अनुसार नेपाल आयल निगमले मूल्यवृद्धि गरेको देखियो,’ प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ, ‘नेपाली जनताको कमजोर क्रय शक्ति, चाडबाड मुखैमा आएको अवस्थालाई ख्याल गर्दै सम्बन्धित निकायले सरकारको राजनैतिक नेतृत्वसँग परामर्श गरेर मात्र निर्णय गरिनु पर्नेमा त्यो नभएकोमा सम्माननीय प्रधानमन्त्रीज्यूको गम्भीर ध्यानाकर्षण भएको छ।’
नेपाल आयल निगमले शनिबार पेट्रोलको मूल्य प्रतिलिटर २ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ६ रुपैयाँ बढाउने निर्णय गरेको थियो । यस्तै हवाइ इन्धनको मूल्य आन्तरिकतर्फ प्रतिलिटर ८ तथा हवाइ इन्धन अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर ६० प्रतिलिटर (करिब ८ रुपैयाँ) बढाएको छ ।
यस्तै खाना पकाउने एलपी ग्यासको मूल्य पनि २१५ रुपैयाँ बढाउने निर्णय भएके निगमले विज्ञप्तिमार्फत जानकारी दिएको छ । मूल्य समायोजनसँगै काठमाडौँमा पेट्रोलको मूल्य प्रतिलिटर १८५ रुपैयाँ र डिजेल तथा मट्टितेलको १७९ रुपैयाँ पुगेको छ भने यस्तै एलपी ग्यासको २११० रुपैयाँ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केयुको हल्ट पुरस्कार २०२४/०२५ को लागि दर्ता खुला
-
यी तीन गल्तीले बनाइदिन्छ पति-पत्नीको सम्बन्धलाई कमजोर
-
आलिया भट्टले किशोर कुमारलाई नचिनेपछि...
-
एनपिएलको उदघाटन खेल र अन्य खेल हेर्नका लागि टिकट मूल्य सार्वजनिक
-
सर्च इञ्जिनपछि ब्राउजर ल्याउने योजनामा ओपनएआई
-
१२ बजे, १२ समाचार : चीनसँग ऋणसम्बन्धी सम्झौता नगर्ने प्रधानमन्त्री ओलीको बाचादेखि ११ महिनापछि बल्ल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिसम्म