मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

१३ अर्ब १० करोड रुपैयाँ बराबरको विकास ऋणपत्र बोलकबोल हुँदै

आइतबार, १४ असोज २०८०, ११ : ०७
आइतबार, १४ असोज २०८०

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार १३ अर्ब १० करोड रुपैयाँ बराबरको विकास ऋणपत्र बोलकबोल गर्ने भएको छ । असोज १५ गते जारी गर्ने गरी बैंकले ८ वर्षे ‘विकास ऋणपत्र २०८८ ‘ग’ को बोलकबोल गर्ने भएको हो । 
आइतबार दिउँसो ३ बजे ऋणपत्रको बोलकबोल हुनेछ । इच्छुक खरिदकर्ता बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकलाई आइतबार दिउँसो ३ बजेभित्र आवेदन दिन सक्नेछन् । 
२०८० असोज १५ गते बिक्री हुने ऋणपत्र आगामी २०८८ असोज १५ गते परिपक्क हुनेछ । ऋणपत्रको ब्याज भने प्रत्येक ६÷६ महिनामा भूक्तानी गरिने बैंकले जनाएको छ । 

कूल निष्काशित रकममध्ये ८५ प्रतिशत अर्थात् ११ अर्ब १३ करोड ५० लाख रुपैयाँ प्रतिस्पर्धात्मक प्रणालीबाट र बाँकी १५ प्रतिशत अर्थात् १ अर्ब ९६ करोड ५० लाख रुपैयाँ विनाप्रतिस्पर्धा बिक्री गरिने बैंकले जनाएको छ । खरिदकर्ताले घटीमा ५० हजार रुपैयाँदेखि बढीमा कुल निष्काशित रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जाने अंकसम्मका लागि आवेदन दिन सक्नेछन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप