माल्दिभ्सका ६ जना खेलाडीले खाता नै खोल्न सकेनन्, टी–२० मा दोस्रो खराब रेकर्ड

काठमाडौँ । चीनमा जारी एसियाली खेलकुदमा माल्दिभ्सका ब्याट्सम्यान नेपाली बलरहरू सामु निरीह देखिए । आफ्नो दोस्रो खेलमा नेपालले प्रस्तुत गरेको २ सय १३ रन पछ्याउने क्रममा माल्दिभ्स १९.४ ओभरमा ७४ रनमा अलआउट हुन पुग्यो ।
माल्दिभ्सका मात्र तीन खेलाडीले दोहोरो अङ्कमा रन बनाए । मुभियाथ गानीले ३६ रन बनाए भने रसिद रासमले १२ रन तथा फरिद सिउसले १० रनको योगदान दिए । माल्दिभ्सका ६ जना खेलाडीले खाता पनि खोल्न सकेनन् ।
एउटै टी–२० खेलमा ६ जना खेलाडी शून्यमा आउट भएको दोस्रो खराब रेकर्ड हो । एउटै खेलमा सन् २०१९ मा चेक गणतन्त्रविरुद्ध टर्कीका ८ जना खेलाडी शून्यमा आउट भएका थिए । त्यतिबेला टर्कीको टोलीमा २१ रनमा समेटिएको थियो । एउटै खेलमा ६ जना खेलाडी शून्यमा आउट गर्ने नेपाल एक्लो टोली भने होइन । यस्तो टी–२० खेलमा धेरै पटक भएको छ ।
अभिनाश बोहराले घातक बलिङ गर्दै माल्दिभ्सका ६ विकेट लिए । अभिनाशले दुई वटा ओभरमा ३–३ विकेट लिँदै माल्दिभ्सलाई सस्तोमा समेट्न ठुलो योगदान दिए । उनी दुवै पटक ह्याट्रिक लिनबाट भने चुके । उनले ३.४ ओभर बलिङ गर्दै मात्र ११ रन खर्चेर ६ विकेट लिए ।
त्यस्तै सोमपाल कामी, गुल्शन झा, सन्दीप लामिछाने र कुशल भुर्तेलले एक–एक विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
दुर्गेशको आक्रोश : बधाई, मेरो कार्यक्रम रोक्न सफल हुनु भयो !
-
अहिलेको सरकार जति टिक्छ, उति माओवादीलाई फाइदा हुन्छः प्रचण्ड
-
स्ववियु निर्वाचनः फागुन २७ गते मनोनयन दर्ता
-
टिकाथलीमा बोरिङ गर्दा प्रज्वलनशील ग्यास निस्कियो
-
मेरिटोक्रेसी मिचेर दोस्रो वरीयतामा रहेकालाई सहायक क्याम्पस प्रमुख नियुक्त गरेपछि असन्तुष्टि
-
शानदार जितसँगै दोस्रो स्थानमा उक्लियो गुजरात