अर्जेन्टिनी स्ट्राइकर मार्टिनेज नायक बनेको खेलमा इन्टरको सजिलो जित
काठमाडौँ । इटालियन सिरिए फुटबलको आफ्नो पछिल्लो खेलमा इन्टर मिलानले सजिलो जित हात पारेको छ । इन्टर मिलानले आइतबार सम्पन्न खेलमा सलेरनिटानालाई ४—० गोलले पराजित गर्यो । इन्टर मिलानको जितमा लाउटारो मार्टिनेज नायक बने ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलमा इन्टर मिलानले दोस्रो हाफमा लगातार चार गोल गरेको थियो । निर्धारित समयको ६२औँ मिनेटमा मार्टिनेजले इन्टर मिलानका लागि पहिलो गोल गरेका थिए ।
खेलको ७७औँ मिनेटमा उनले टोलीको अग्रता दोब्बर बनाएका थिए । ८५औँ मिनेटमा मार्टिनेजले टोलीका लागि तेस्रो गोल थपेका थिए । निर्धारित समयको खेल सकिनुभन्दा एक मिनेटअघि उनले इन्टर मिलानका लागि चौथो गोल गरेका थिए ।
२६ वर्षीय अर्जेन्टिनी स्ट्राइकर मार्टिनेज सन् २०१८ देखि इन्टर मिलानमा आबद्ध छन् । जारी सिजनको लिगमा हालसम्म सात खेल खेलेको इन्टर मिलान १८ अंकसहित तालिकाको पहिलो स्थानमा छ । ६ खेलमा जित हात पारेको इन्टर मिलानले एक खेलमा हार भोगेको छ । सात खेल खेलेको सलेरनिटाना भने तीन अंकसहित तालिकाको १९औँ स्थानमा आसिन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घाइते भएका कारण नेपाल प्रिमियर लिगबाट बाहिरिए दक्षिण अफ्रिकी बलर डे लान्ज
-
प्रचण्डले चीन भ्रमण गर्दा चाइना कार्ड नहुने, ओलीले गर्दा हुने ?
-
कर्णाली डेभपलमेन्ट बैंक ‘समस्याउन्मुख’, वित्तीय कारोबार गर्न रोक
-
चन्द्रागिरि नगरपालिकाद्वारा युवालाई ‘डिजिटल’ तालिम
-
रोनाल्डो चम्किँदा अल नासरको जित
-
क्षतिग्रस्त काभ्रे एकीकृत खानेपानी आयोजना पुनःनिर्माणमा एडिबीले सहयोग गर्ने