माल्दिभ्सविरुद्ध नेपालले तेस्रो विकेट गुमायो
आइतबार, १४ असोज २०८०, ०७ : २५
काठमाडौँ । माल्दिभ्सविरुद्ध नेपालले तेस्रो विकेट गुमाएको छ । विनोद भण्डारी १३ रन बनाएर पभिलियन फर्किएका हुन् ।
नेपालले ५८ रन बनाएको स्थितिमा तेस्रो विकेट गुमाउन पुगेको छ । यसअघि नेपालले उत्कृष्ट ब्याटिङ गरिरहेका कुशल भुर्तेललाई गुमाएको थियो । भुर्तेल १७ बलमा ३५ रन बनाएर आउट भए ।
नेपालले आशिफ शेखलाई पहिलो विकेटका रूपमा गुमाएको थियो । शेख मात्र ६ रन बनाएर क्याच आउट भएका थिए ।