सिटीको शत प्रतिशत सुरुवातमा पूर्णविराम
आइतबार, १४ असोज २०८०, ०७ : ११

लण्डन । साबिक विजेता म्यानचेस्टर सिटीको प्रिमियर लिगको नयाँ सिजनमा शत प्रतिशत नतिजामा पूर्णविराम लागेको छ । शनिबार राति भएको खेलमा सिटी वूल्भ्सँग स्तब्ध बनेको हो ।
रुवेन डियासले आत्मघाती गोल गरेपछि वूल्भ्सले खेलको सुरुवातमा नै अग्रता लिएको थियो । तर, दोस्रो हाफमा जुलियन अल्भारेजले खेल बराबरी गरे । यद्यपि यो लामो समय कायम रहन सकेन ।
६६ औँ मिनेटमा ह्वाङ हि चानले निर्णायक गोल गर्दै सिटीलाई झट्का दिए । खेलमा सिटीका म्यानेजर प्रतिबन्धका कारण टच लाइनमा उभिन पाएका थिएनन् भने अर्लिङ हालाल्डले खेल अवधिभर मात्र एउटा गोलको अवसर पाएका थिए ।
पराजयका बावजुद सिटी ७ खेलबाट १८ अङ्क बटुल्दै लिगको शीर्ष स्थानमा कायम छ । वूल्भ्स भने ७ अङ्कसहित लिगको १३ औँ स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षक आन्दोलनको सबै दोष सरकारलाई लगाएर कोही उम्किन मिल्दैनः अध्यक्ष ठाकुर
-
शिक्षा क्षेत्रमा गम्भीर समस्या निम्तिने प्याब्सनको चेतावनी
-
पोखरा विमानस्थल निर्माणमा कसरी भयो अनियमितता ?
-
युक्रेनले क्रिमियामाथिको आफ्नो दाबी त्याग्ला ?
-
गलत नियतका साथ रिपोर्ट आएको छ तर भ्रष्टाचार भएको छैन भन्न मिल्दैन
-
गोहीको अण्डा सङ्कलन सुरु