एसियाली खेलकुद : भलिबलमा नेपाल सोझो सेटमा पराजित, ह्यान्डबलमा चुनौती समाप्त
शनिबार, १३ असोज २०८०, १५ : २१

काठमाडौँ । चीनको हाङझावमा जारी एसियाडको महिला भलिबलमा नेपाल ३–० को सोझो सेटमा पराजित भएको छ । भियतनामले नेपालाई २५–४, २५–१६ र २५–१३ को सेटमा हरायो ।
समूह ‘सी’ को अर्को खेलमा नेपालले सोमबार दक्षिण कोरिया विरुद्ध प्रतिस्पर्धा गर्ने छ । एसियाडको महिला भलिबलमा नेपाल पहिलो सहभागी भएको हो । महिला ह्यान्डबलमा नेपालको चुनौती शनिबार समाप्त भएको छ । समूह ‘बी’ को तेस्रो तथा अन्तिम खेलमा भारतले नेपाललाई ४४–१९ ले पराजित गर्यो ।
नेपालका लागि कप्तान वन्दना राईले ७, उमा राईले ६, कल्पना सिन्जाली र आइत लोमु शेर्पाले समान २–२ तथा सम्झना कुमाल र रामकुमारी चौधरीले समान १–१ गोल गरे । समूह चरणको पहिलो खेलमा नेपाल चीनसँग ५७–१० तथा जापानसँग ६२–१० ले हारेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिमालय एअरलाइन्स्ले पोखरालाई ल्हासासँग जोड्न हप्तामा एक उडान गर्दै
-
कुमाल बस्तीको ६ घरगोठ आगलागीबाट नष्ट
-
‘कानुनी जटिलताका कारण रेल घाटामा गइरहेको छ’
-
चलेदेखि घाटामा रेल, सय वर्षपछि कार्गोको आस
-
युक्रेनलाई दिँदै आएको सैन्य सहायतामा अमेरिकाले लगायो रोक
-
‘कार्गो रेल नचलाएसम्म रेल्वे कम्पनी नाफामा जान सक्दैन’