आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्रीको घरमा विप्लवको ‘वारेन्ट–पत्र’ :  अब के गर्दैछ सरकार ?

बिहीबार, १५ चैत २०७४, ०८ : ४९
बिहीबार, १५ चैत २०७४

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको झापाको दमकस्थित निवासमा बुधवार नत्रेविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिट पार्टीले टाँसेको ‘वारेन्ट पत्र’ प्रहरीले सुटुक्क हटाएको छ ।

ओली निवासको सुरक्षार्थ प्रहरी सहायक निरीक्षक (असई)को कमाण्डमा ७ जना प्रहरीको ड्युटी रहेको स्थानमा सुरक्षकर्मीलाई छक्याउँदै विप्लवका कार्यकर्ताले ‘वारेन्ट–पत्र’ टाँसेका थिए । 

तर, जिल्ला प्रहरी प्रमुख झापाका एसपी विष्णु केसीले त्यस्तो पत्र टाँस नभएको जिकि गरे । उनले भने, ‘प्रधानमन्त्रीको दमकस्थित निवासमा हाम्रो प्रहरीको ड्युटी थियो, त्यहाँ त्यस्तो पत्र टाँस हुने संभावना नै छैन् ।’ 

‘वारेन्ट–पत्र’ टाँस नभएको दाबी गरेपनि विप्लवको पछिल्लो गतिविधीसँगै प्रहरीले सुरक्षा सतर्कता बढाएको छ । प्रहरीको प्रतिआतंकबाद नियन्त्रण युनिटले विप्लव र उनका नेताहरुको गतिविधी सुक्ष्म रुपमा अध्ययन गरिरहेको सूत्रले बताएको छ ।

 

दमकस्थित ओली निवास

‘प्रधानमन्त्रीज्यूको निवासमा ‘वारेन्ट–पत्र’ टाँस भएको कुरा मैले ब्यक्तिगत रुपमा मिडियाबाट थाहा पाएँ, तर विभाीय हिसावले बुझ्ना त्यस्तो पत्र टाँस भएको पाईएन’ प्रहरी प्रवक्ता (डीआईजी) मनोज न्यौपानेले रातोपाटीसँग भने, ‘यद्यपी विप्लवको गतिविधी र सुरक्षाको पार्टमा प्रहरी संवेदनशिल छ ।’ 

दमकस्थित ओली निवासमा टाँस भएको पूर्जी

प्रधानमन्त्री केपी ओलीलाई संवोधन गरेर टाँस गरिएको वारेन्ट पत्रमा नेताहरु हेमन्त प्रकाश ओली, पदम राई र किरण राईसहित धेरै नेता–कार्यकर्तालाई  झुटा मुद्धा लगाएको आरोप छ ।

१५ दिनभित्र ‘केन्द्रिय जनअदालत’ रोल्पामा उपस्थित हुन सुचित गरिएको छ ।

विप्लव पार्टीले जारी गरेको पूर्जी

चेतावनीको भाषामा लेखिएको उक्त पत्रमा तोकिएको समयमा उपस्थित नभएमा ‘केन्द्रिय जन परिषद्को निती अनुसार’ हुने भन्ने शब्द राखिएको छ । 

एकीकृत क्रान्तिको नारामा हिँडेको विप्लव पार्टीले ‘वारेन्ट’ मिडिया प्रचारवाजी हुन सक्छ । प्रचारवाजी हुँदाहुँदै पनि प्रधानमन्त्री विरुद्ध नै ‘वारेन्ट–पत्र’ जारी हुनु सामन्य परिघटना नहुँन सक्छ । 

‘वारेन्ट–पत्र’ अनुसार प्रधानमन्त्री ‘हाजिर’ हुँदैन, यो स्पष्ट नै छ । त्यसपछि के गर्छ त विप्लवको पार्टीले ? त्यसबारे उक्त पार्टीले केही बताएको छैन् ।

तर, विप्लवका गतिविधिबारे प्रहरी संवेदनशिल भएको बताउँछन डीआईजी न्यौपाने । भन्छन्, ‘सुरक्षाका आवश्यक उपाय अवलम्बन गरेका छौँ, त्रुटी हुँदैन् ।’ 

File Photo

विप्लवका नेताले बोक्नै छाडे मोवाईल !

‘हात–हातमा संसार’ अर्थात मोवाईलमा सवैकुरा हेर्न मिल्ने समय छ । दूर–दराजका सर्वसाधारण समेत मोवाईलको पहुँचमा भएको बेला विप्लव माओवादीका एक तहका नेताले मोवाईल बोक्न छाडेका छन् । 
विप्लवको गतिविधिबारे नजिकबाट अनुसन्धान गरिरहेको नेपाल प्रहरीको प्रतिआतंकबाट नियन्त्रण ब्युरोका एक अधिकृत भन्छन्, ‘प्रहरीले टेलिफोनबाट अनुसन्धान गर्छ भन्नेबारे उनीहरुलाई जानकारी छ, अहिले एक लेभलका नेताहरु पुरानो मोवाईल बन्द गरेर आफ्ना गतिविधि गरिरहेका छन् ।’ 

प्रहरीले विप्लव र उनका नेताहरुलाई ‘टेक्निकल सर्भिलेन्स’ मार्फत निगरानी गरेको थाहा पाएसँगै उक्त पार्टीका नेताहरुले कही दिनअघिसम्म मोवाईल एकातिर छाडेर अर्कोतिर आफ्ना गतिविधी गर्दै आएका थिए । ‘अहिले त मोवाईल पूर्णरुपमा बन्द छ’ ती अधिकृतले भने, ‘यद्यपी टेक्निकल सर्भिलेन्सको काम भने भई नै रहेको छ ।’ 

मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समयमा भएका बम विष्फोटका घट्नामा सुरक्षा निकायले विप्लवका कार्यकर्तालाई नै दोषी मान्दै आएको छ । त्यतिवेला प्रहरीले विष्फोटका घट्नामा पहिचान भएकालाई मुद्धा चलाएको थियो । 

विभिन्न जिल्लामा पहिचान खुलेका विप्लवका कार्यकर्ताहरुलाई नियन्त्रणमा लिएर चुनाव अवधिभर सार्वजनिक अपराधको मुद्धा झुण्ड्याएर प्रहरी कस्टडीमा राखेको थियो । तर, विप्लवको पार्टीले चाहिँ यस्तो घटनाको औपचारिक जिम्मा लिएको थिएन् । बरु, उसले जनताको कारवाही भनेको थियो । 

नीति प्रस्टता छैन्
विप्लवका गतिविधिलाई कसरी हेर्ने र कस्तो एक्सन लिने भन्नेमा सरकार अझै अन्योलनमा छ । राजनीतिक संवादमा जाने वा कारवाहीमा भन्ने सरकार स्पष्ट भएको छैन् । अचम्म यो छ कि सरकारमा झन्डै दुई नेतृत्वसहित बामगठबन्धन छ । यता सरकार विरुद्ध हिंसापूर्ण राजनीतिमा पनि अर्को बामशक्ति नै छ । 

सुरक्षा निकायका अधिकारी गृह मन्त्रालयको नीतिगत निर्णय कुरेर बसेका छन् । ‘अहिले हामी विप्लवका नेता–कार्यकर्ता संलग्न खास घट्ना विशेषमा हेर्ने गरेका छौं’ प्रहरीका एक उच्च अधिकारी भन्छन्, ‘विप्लव माओवादीलाई कसरी ट्रिट गर्ने भन्नेबारे अब राज्य बोल्ने बेला भएजस्तो लाग्छ ।’ 

File Photo

गृह मन्त्रालयले विप्लव माओवादीलाई राजनीतिक समूहको ब्यवहार गर्ने या आपराधिक समूहको ब्यवहार गर्ने भन्नेबारे नीति निर्णय लिन सकेको छैन् । 

भ्रष्टाचारको मुद्धा खेपिरहेका चुडामणी शर्माको घरमा ढुंगा हान्ने कदमदेखि कालोमसो दल्न र चन्दा उठाउनेसम्मका घट्ना बढ्दै जाँदा विप्लवले प्रधानमन्त्री र बामगठबन्धनका अर्का नेता प्रचण्डमाथि नै ‘टार्गेट’ गरेर आफु राज्सँग तनाव गर्न तयार रहेको सन्देश दिएको छ ।

‘रोममा एकै दिन आगो लागेको हैन, विप्लवको गतिविधीलाई समयमै निरुपण गर्न जरुरी छ’ नेपाल प्रहरीका एक उच्च अधिकारी भन्छन्, ‘विप्लवको पछिल्लो गतिविधी हेर्दा सजिलै रोकिने खालको छैन, उनीहरु भोली जनकारवाहीको अवस्थामा जान सक्छन् त्यसो हुनाले गृह मन्त्रालय नीति रुपमा प्रस्ट हुन जरुरी छ ।’ 

विप्लव पार्टीले धेरैजसो स्थानीय तहमा पत्र लेखेर जनप्रतिनिधिलाई राजीनामा दिन भनेको छ । पत्रमा राजीनामा पत्रमा चेतावनीको शैलीमा परिणामवारे सचेत रहन पनि भनिएको छ ।

प्रधानमन्त्री ओली र गृहमन्त्री रामबहादुर थापा बादलले विप्लव र उनको पार्टीको नामै नलिई अब हिंसा सैह्य नहुँने बताएका छन् । 

File Photo

विप्लवको घरमा प्रहरीले पक्राउ पुर्जी टाँस गरेपछि घटनाहरु चाडो चाडो विकसित भएका छन् ।

गत महिना प्रहरीले कपिलबस्तुस्थित विप्लवको घरमा पक्राउ पुर्जी जारी गरेको थियो ।

विप्लव पार्टीका अधिकास नेता अहिले भूमिगत भएका छन् । राज्य र मिडियाको पहुँचबाट टाँढा बसेका छन् । 

थप समाचार

पत्रकार सम्मेलनबाटै समातिए विप्लवका नेता

विप्लव पार्टी पनि कठोर : ओली र प्रचण्ड विरुद्ध पक्राउ पुर्जी जारी

यसरी सरकार र विप्लव पार्टीबीच तनाव बढ्दैछ

रेणु दाहाललाई विप्लव पार्टीको पत्र: अव राजीनामा देउ

विप्लवले माखो मार्दैनन् : प्रचण्ड

काँग्रेस प्रवक्ताको प्रश्न : संविधानको मर्म विपरीत प्रमले बोले विप्लवलाई कस्ले सम्झाउने ?

विप्लवका कार्यकर्ताद्वारा भक्तपुरमा जग्गा कब्जा

सल्यानका सबै जनप्रतिनिधिलाई राजीनामा गर्न विप्लवको चेतावनी

१५ लाख नदिए घर उडाइदिन्छु' भन्ने विप्लवको मान्छे प्रहरी फन्दामा

विप्लवलाई प्रधानमन्त्रीको चेतावनी : आतंककारी क्रियाकलापबाट फाइदा लिन्छु भन्ने नसोचे हुन्छ

विप्लव पार्टीको अर्को विज्ञप्तिः ‘कैलाली घटनामा संलग्नताबारे मौन’

विप्लव पक्राउ पुर्जी प्रकरण : गृहमन्त्री बादलका अगाडि दुई विकल्प

गृहमन्त्रीको बयान : केही पश्चिमा शक्ति परिवर्तनप्रति असन्तुष्ट र उत्तेजित, विप्लवमाथि पनि बोले

विप्लवको पार्टीले भन्यो–ओली र प्रचण्डकहाँ पनि पुर्जी टाँसिन्छन्

विप्लवका नाममा जारी भयो पक्राउ पुर्जी, अब के हुन्छ ?

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराधसम्बन्धी रिपोर्टिङ गर्छन् 

लेखकबाट थप