शुक्रबार, १४ मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कर्णालीमा एमाले अधिवेशन : डण्डि शर्माले उम्मेदवारी फिर्ता लिएसँगै सचिवमा दुई शाहीबीच प्रतिस्पर्धा

शनिबार, १३ असोज २०८०, ०९ : १३
शनिबार, १३ असोज २०८०

सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेशको सचिव पदमा उम्मेदवारी दिएका डण्डी शर्माले उम्मेदवारी फिर्ता लिएका छन् । उनले रुद्रबहादुर शाहीलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका हुन् ।

अब  यामलाल कँडेल र गोरख बोगटी–विनोदकुमार शाहको टिमबीच सचिवमा पनि प्रतिस्पर्धा हुने भएको छ । सचिवका उम्मेदवारमा यामलाल कँडेलको टिमबाट सुर्खेतका धुर्वकुमार शाही रहेका छन् । दैलेखका रुद्र शाही बोगटी–शाह टिमका हुन् । अब दुई शाहीबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । 

रुद्र शाही युवाहरुमाझ परिचित नेता हुन् । धुर्व शाही यसअघिसम्म अध्यक्षका दाबेदार थिए । तर, गुलावजं शाह उम्मेदवार बनेपछि उनी उक्त टिमबाट सचिवको उम्मेदवार बनेका हुन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप