स्नातकतर्फ सिट निर्धारण, कुन कलेजलाई कति ?

का७माडौँ । चिकित्सा शिक्षा आयोगले स्नातक तहका लागि कलेजहरूको सिट निर्धारण गरेको छ । आयोगले देशभरिमा एमबिबिएस तहमा एक हजार ९२५ सिट निर्धारण गरेको छ भने बिडिएसतर्फ ५४५ सिट निर्धारण गरेको छ ।
आयोगका उपाध्यक्ष प्राध्यापक डा. अञ्जनीकुमार झाले एमबिबिएसमा एक सय सिट पाउनेमा विराट मेडिकल कलेज, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, चितवन मेडिकल कलेज, कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल, गण्डकी मेडिकल कलेज, काठमाडौँ मेडिकल कलेज, किस्ट मेडिकल कलेज, केयु स्कुल अफ मेडिकल साइन्सेज रहेको जानकारी दिए ।
यसै गरी लुम्बिनी मेडिकल कलेज, महाराजगन्ज मेडिकल क्याम्पस, मणिपाल मेडिकल कलेज, नेसनल मेडिकल कलेज, नेपाल मेडिकल कलेज, नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान, नेपालगन्ज मेडिकल कलेज, नोबेल मेडिकल कलेज र युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजले पनि एक सय सिट पाएका छन् । यस्तै पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले एमबिबिएसमा ६५ सिट अध्यापन गर्ने अनुमति पाएको छ ।
देवदह मेडिकल कलेजले ६० सिट पाएको छ । यसै गरी जानकी मेडिकल कलेज र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ५० सिट निर्धारण गरिएको छ । डा. झाका अनुसार बिडिएसतर्फ पाँच कलेजलाई ५० सिट निर्धारण गरिएको छ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, कान्तिपुर डेन्टल कलेज, केयु स्कुल अफ मेडिकल साइन्सेज, पिपुल्स डेन्टल कलेज र युनिभर्सल मेडिकल कलेजलाई ५० सिट तोकिएको हो ।
बिधडिएसतर्फ चितवन मेडिकल कलेज, कलेज अफ मेडिकल साइन्सेज, काठमाडौँ मेडिकल कलेज र नेपाल मेडिकल कलेजले ४० सिट तोकिएको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतको सहयोगमा निर्माण हुने १० परियोजनाको समझदारी पत्रमा हस्ताक्षर
-
आईपीएलमा पञ्जावको अपराजित यात्रा कायमै, कप्तान अय्यरको लगातार दोस्रो अर्धशतक
-
ऊर्जा मन्त्रीको जुक्ति प्रभावकारी, मन्त्रालयको हटलाइनमा एक महिनामा १९ सय उजुरी
-
१२ बजे, १२ समाचार : संसदको अधिवेशन अन्त्यदेखि पत्रकार रजकको शरीरमा गोली लागेको भेटिएनसम्म
-
पत्रकार रजकको एक्स-रे सम्पन्न, गोली लागेको भेटिएन
-
लाज शरणम्’का बालकलाकार केसीकाे कुपोषणका कारण निधन