मङ्गलबार, १८ असार २०८१
ताजा लोकप्रिय

बाबुराम भट्टराईको प्रश्न : देश गम्भीर आर्थिक संकटबाट गुज्रिन थाल्यो, खै आर्थिक विमर्श ?

शुक्रबार, १२ असोज २०८०, २२ : २६
शुक्रबार, १२ असोज २०८०

काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले देश गम्भीर आर्थिक संकट र मन्दीबाट गुज्रिन थालेको बताएका छन् । अध्यक्ष भट्टराईले रेमिट्यान्स बाहेक अर्थतन्त्रका कुनै सूचक सकारात्मक नभएको बताए । 

शुक्रबार सामाजिक सञ्जाल ट्वीटरमार्फत भट्टराईले अर्थतन्त्रका सूचक गम्भीर ढंगले नकारात्मक र विपरित दिशातर्फ उन्मुख रहेको बताउँदै यो समस्या तत्कालिक र सामान्य प्रकृतिको नभएको चेतावनी दिएका छन् ।

उनले भनेका छन् : ‘गत साठी वर्षयता बार्षिक आर्थिक वृद्धिदरले कहिल्यै दुइ अंक छोएको छैन वर्तमान नेपाल राज्य बनेयता अर्थात् सुगौली–सन्धी यता वैदेशिक व्यापार घाटा बढेको बढ्यै छ१वैदेशिक ऋण बढेको बढ्यै छ ! महॅगी निरन्तर उकालो छ ! भ्रष्टाचार चुलिएको चुलियै छ !’

भट्टराईले केही समययता जनशक्तिसँगै पुॅजी समेत पलायन भैरहेको बताउँदै यस्तो संकटका बेला खै देशमा गम्भीर आर्थिक विमर्श भन्दै प्रश्न गरेका छन् ।

 ‘औद्योगिक उत्पादनले दुइ अंक नाघ्न सधैं कनिकुथी गरिरहेकै छ ! जनशक्ति पलायन त निरन्तर भैरहेकै थियो, केही समययता पुॅजी समेत पलायन भैरहेको बताइन्छ ! दशैंको मुखमा प्रायः चलायमान हुने बजार यसपटक सुनसान हुने छनक देखिँदैछ’ पूर्वअर्थमन्त्री समेत रहेका भट्टराईले प्रश्न गरेका छन् : ‘यस्तो बेला खै देशमा गम्भीर आर्थिक विमर्श ? खै राज्यको तर्फबाट गम्भीर नीतिगत र व्यवहारिक पहल र हस्तक्षेप ? जनतालाई आज मरे भोलि ओखती.....?’

उनले भनेका छन् : ‘सबैले राजनीतिदेखि राजनीतिसम्मको बॉसुरी बजाउनु सट्टा अर्थतन्त्र र अर्थनीतिवारे नि चासो लिने कि ?’

यस्तो छ भट्टराईको स्टाटस् :

Capture

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप