विश्वप्रकाशको अगाडि आरके शर्माले सुनाए गैरआवासीय नेपाली संघ बनाउने योजना

बहराइन । गैरआवासीय नेपाली संघ (एनआरएन) को आगामी कार्यकालका लागि अध्यक्षमा उम्मेदवारी घोषणा गरेका राजेन्द्रकुमार (आरके) शर्माले यस पटक मध्यपूर्वलाई गुन तिर्ने अवसर सबैसामु रहेको बताएका छन् ।
विगतमा मध्यपूर्वले धेरैलाई सहयोग गरेको भन्दै यसपटक मध्यपूर्वबाट एनआरएनए अध्यक्षमा आफ्नो उम्मेदवारी रहेकाले सबैको साथ रहने विश्वास व्यक्त गरे ।
उनले मध्यपूर्व सधैँ एनआरएनए चुनावमा भोट बैंक मात्र नभएको पनि तर्क गरे । नेपाली जनसम्पर्क समिति बहराइनले आयोजना गरेको कार्यक्रममा कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र सहमहामन्त्री भिष्मराज आङ्दम्बे पनि सहभागी थिए ।
सो कार्यक्रममा उनले आफू स्पष्ट योजनासहित एनआरएनए नेतृत्व लिन अघि बढेको बताए । सो क्रममा शर्मालगायत सहभागीलाई उनले आफ्ना योजना सुनाएका थिए । ‘अर्थतन्त्र श्रमिकले पठाउने रेमिट्यान्सले चले पनि सधैँ रेमिट्यान्स आउने छैन,’ शर्माले भने, ‘श्रमिकको आर्थिक हित उकास्ने गरेर उत्पादन मूलक क्षेत्रमा रेमिट्यान्स रकम लगाउन प्राधिकरण गठन गर्ने योजना सहित म आएको छु ।’
उनले नेपालका राजनीतिक दल र एनआरएनएबीच रगत र मुटुको जस्तो सम्बन्ध रहेको यो स्वच्स्छ हुनुपर्ने बताए । एनआरएनएका मुद्दालाई कार्यान्वयन गर्नको लागि राजनीतिक दलको सहयोग जरुरी रहेको भन्दै शर्माले तर राजनीतिक दलको हस्तक्षेप भने एनआरएनएमा हुनु नहुने बताए ।
बुधबार कर्मभूमिबाट एनआरएनए अध्यक्षमा उम्मेदवारी घोषणा गरेका शर्मा शुक्रबार साउदी अरब बहराइन पुगेका हुन् । बहराइनपछि उनी चुनावी अभियानकै क्रममा शनिबारदेखि युरोप भ्रमणमा निस्कने बताइएको छ । एनआरएनएको अध्यक्षमा हालसम्म महेश श्रेष्ठ र रविना थापाले समेत उम्मेदवारी घोषणा गरिसकेको सन्दर्भमा शर्माले आफ्नो अभियानलाई तीव्र बनाएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरूले एमालेसँग सहकार्य गर्नुस् : शेखर कोइराला
-
जुम्लाको दुर्गम गाउँ सडक सञ्जालमा जोडियो
-
सुनको मूल्य सामान्य वृद्धि, तोलामा १ लाख ७० हजार ३०० पुग्यो
-
हनिमुन मनाउन गएको जोडी आपसमै कुटाकुट गरेर फर्कियो, अदालतमा मुद्दा
-
एमसीसी स्थगन गरेकोमा विप्लव नेतृत्वको नेकपाद्वारा अमेरिकी राष्ट्रपति ट्रम्पलाई धन्यवाद
-
होलीको अपमान गरेको भन्दै फराहविरुद्ध मुद्दा