सन्न्यास फिर्ता लिएर फर्किएका कप्तानले जिताएको विश्वकप

काठमाडौँ । पाकिस्तानले हालसम्म एकपटक मात्र आईसीसी एकदिवसीय विश्वकपको उपाधि जितेको छ । पाकिस्तानले सन् १९९२ मा आयोजित पाँचौँ विश्वकपको उपाधि जितेको थियो ।
त्यो विश्वकप अस्ट्रेलिया र न्युजिल्यान्डले संयुक्त रूपमा आयोजना गरेका थिए । त्यतिबेला पाकिस्तानले फाइनलमा इङ्ल्यान्डलाई २२ रनले हराएको थियो ।
त्यो विश्वकपमा पाकिस्तानी टोलीका कप्तान थिए, इमरान खान । विश्वकपमा इमरान खानसँग एउटा रमाइलो घटना जोडिएको छ । खासमा विश्वकप सुरु हुनुभन्दा निकैअघि इमरान खानले एकदिवसीय क्रिकेटबाट सन्न्यास लिइसकेका थिए ।
विश्वकपअघि पाकिस्तानी टोलीको नेतृत्व गर्न सक्ने उपयुक्त खेलाडी नभएपछि इमरान खानलाई नै सन्न्यास फिर्ता लिन लगाएर टोलीमा फिर्ता बोलाइएको थियो । अन्ततः सन्न्यास फिर्ता लिएर टोलीमा फर्किएका इमरान खानकै कप्तानीमा पाकिस्तानले सन् १९९२ को विश्वकप जितेको थियो ।
त्यो विश्वकपको फाइनल खेलमा इमरान खानले ७२ रन पनि बनाएका थिए । आफ्नो राष्ट्रलाई विश्वकपको एकमात्र उपाधि जिताउने इमरान खान हाल पाकिस्तानमा राजनीतिज्ञको भूमिकामा सक्रिय छन् । उनी पाकिस्तानका पूर्वप्रधानमन्त्री पनि हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेश लगानी सम्मेलन : संघीय सरकारलाई उछिन्ने गरी लगानी प्रतिबद्धता हुने दाबी
-
उल्टो बाटोमा जसपा नेपाल : महाधिवेशनपछि पालिका, जिल्ला र प्रदेशको अधिवेशन
-
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
-
मकवानपुर गुडिरहेको कारमा आगलागी
-
बालविवाह रोक्न सक्रिय किशोरकिशोरी नै जोखिममा
-
चार निर्माण कम्पनी सरकारको कालोसूचीमा