टोलीमा परे पनि दुवै पटक विश्वकपको फाइनल खेल्न नपाउने खेलाडी

काठमाडौँ । मार्भन आटापाटु आफ्नो समयका प्रभावशाली ब्याट्सम्यान हुन् । श्रीलङ्का दुई पटक एकदिवसीय विश्वकपको फाइनलमा पुग्दा उनी टोलीका महत्वपूर्ण सदस्य थिए । तर, दुर्भाग्य उनले दुवै पटक फाइनल खेल खेल्ने अवसर भने पाएनन् ।
सन् १९९६ को एकदिवसीय विश्वकपको उपाधि श्रीलङ्काले जितेको थियो । त्यतिबेला आटापाटु पनि श्रीलङ्काली टोलीमा थिए । उनले त्यो विश्वकपको प्रारम्भिक चरणको खेल खेलेका थिए । तर, अस्ट्रेलियाविरुद्धको फाइनल खेलमा भने उनी टोलीमा थिएनन् ।
त्यसपछि सन् २००७ मा पनि श्रीलङ्काली टोली एकदिवसीय विश्वकपको फाइनलमा पुगेको थियो । त्यो विश्वकपको फाइनलमा श्रीलङ्काली टोली अस्ट्रेलियासँग पराजित भएको थियो । त्यो विश्वकपका लागि पनि आटापाटु टोलीमा परेका थिए । तर, उनले विश्वकप अवधिभर एक खेल पनि खेल्न पाएनन् ।
यसरी उनी टोलीमा परेर पनि दुवै पटक विश्वकपको फाइनल खेल खेल्न नपाउने खेलाडीको सूचीमा दरिन पुगे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रियल म्याड्रिडमै रहने भए भिनिसियस जुनियर
-
ओलीमा एक प्रकारले हतास मनस्थिति देखिएको छ : अग्नि सापकोटा
-
नेपालको राष्ट्रिय फल ‘सुन्तला’ ठुलो परिमाणमा आयात, १ अर्ब बाहिरियो
-
पुटिनले ट्रम्पलाई उपहारमा पठाएका थिए यो तस्बिर
-
एनआरएनएको एकता महाधिवेशन सार्न परराष्ट्रले गरेको पत्राचार गैरकानुनीः अधिवक्ता घिमिरे
-
आईएमएफले घटायो भारतको वृद्धि प्रक्षेपण